यस्तो छ नेपाल उद्योग वाणिज्य महासंघकाे नेतृत्व



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

निर्वाचन समितिका अनुसार ३० प्रतिशत मत भार रहेको एशोसिएटमा चन्द्रप्रसाद ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत प्राप्त गरेका छन् । २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ किशोर प्रधानले ३९ मत ल्याएका थिए । ५० प्रतिशत मत भार रहेको जिल्ला नगरतर्फ ढकालले ५२ र प्रधानले ५३ मत प्राप्त गरेका थिए ।

यसअघि वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि पक्षका दिनेश श्रेष्ठ र एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ विजयी भइसकेका छन् ।

यस्तै जिल्ला नगर सदस्यहरुमा राजन श्रेष्ठ , तारानाथ घिमिरे , शोभाकान्त पौडेल , कमल कुमार श्रेष्ठ, गजेन्द्र कुमार भगत,चक्र बहादुर अधिकारी ,अरुणराज सुमार्गी , देव कुमार श्रेष्ठ , रामेश्वर मानन्धर, कमान बहादुर खड्का, सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।
यस्तै, कुविर कुमार श्रेष्ठ , डिबी बस्नेत , गोपाल केडिया , महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचा र्य र अमृत भट्टचन निर्वाचित भएका छन् ।

प्रदेशतर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा प्रदेश-२ बाट विजयकुमार शाह निर्वाचित भएका छन् । गण्डकीबाट बाबुराम गिरी ९ मतसहित विजयी भए भने । लुम्बिनीबाट जसमेर मिया विजयी भएका छन्।
त्यस्तै प्रदेश ६बाट लालिमान बुढा र सुदुरपश्चिमबाट पुष्पराज कुमारले ८ मत ल्याएर बाजी मारे भने उनका निकटतम प्रतिद्वन्द्वी देवबहादुर रोकाय विजयी भएका छन् ।यस अघि प्रदेश १ बाट यस पदमा यसअघि नै राजेन्द्र राउत निर्विरोध भएकााछन् ।

वस्तुगत तर्फ ढकाल प्यानलका समूहबाट सात जना सदस्यमा विजयी भएका छन् । यस्तै, किशोर प्रधान प्यानल बाट पनि सातै जना सदस्यमा आएका हुन् ।

प्रधान समूहबाट अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, शुकुन्तलाल हिराचन, विष्णुप्रसाद गैरे र सन्दीपकुमार अग्रवाल निर्वाचित भएका छन्
ढकाल समूहका नरेशलाल श्रेष्ठ, सुमित केडिया, भक्तबहादुर हमाल, हेमराज ढकाल, आकाश अधिकारी, प्रकाशसिंह कार्की र सुवोधकुमार गुप्ता निर्वाचित भएका छन्। एशोसिएट सदस्यतर्फ अम्बिका प्रसाद पौडेल,अविनाश बोहरा, आनन्द बगडिया, कृष्ण लाल महर्जन, गोपाल खनाल ज्योत्सना श्रेष्ठ देशबन्धु बस्नेत प्रबल जंग पाण्डे भरत राज आचार्च रञ्जित आचार्य राजेश कुमार अग्रवाल विजयसिंह वैद्य छन् ।

यस्तै, शक्ति कुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशिल थापा, सञ्जय गिरि र हेमन्त गोल्छा रहेका छन् ।

यसबाहेक ढकाल समूहका विराट थापा र प्रधान समूहका मंगेशलाल श्रेष्ठको समान ४५७ मत आएको छ । उनीहरुमध्ये एक जनालाई गोलाप्रथाबाट चुनिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्