अनुश्का गर्भावस्थामा पनि सुटिङमा



बलिउड नायिका अनुश्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान क्याप्टेन विराट कोहलीको घरमा चाँडै नै नयाँ सदस्यको प्रवेश हुने भएको छ। यी दुवै जना त्यो पलका व्यग्र प्रतीक्षामा छन्।

अनुश्का हाल आप्नो गर्भावस्थाको मजा लिइरहेकी छिन्। केही अगाडिसम्म उनी दुबईमा थिइन्। त्यस दौरान उनको दर्जनौं तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल हुन पुगेको थियो। उनी यतिखेर दुबईबाट भारत फर्की लगातार सुटिङ गरिरहेको दैनिक जागरणको अनलाइन सेवाले जनाएको छ।

सामाजिक सञ्जालमा भने उनको गर्भवती लुक्स भाइरल भइरहेकोे छ। उनका यी तस्वीर हेरेर प्यानहरु हैरान भइरहेका छन्। अनुश्काको बेबी बम्पका साथ जुन तस्वीर भाइरल भएका छन्, त्यसमा उनी पहेलो रंगको पहिरनमा देखिएकी छिन्। गर्भवती अवस्थामा पनि उनले आप्नो वजन भने बढाएकी छैनन्।

अनुश्काका यी तस्वीर देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रतिक्रियामा लेखेका छन्– ‘अनुश्का कुनै पनि हिसाबले आठ महिनाको प्रेगनेन्ट लागिरहेकी छैनन्।’ हालै मात्र अनुश्का सुटिङ सेटमा देखिएको समाचारमा चर्चा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्