अमेरिकाबाट तिमीलाई देखेपछि



संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वरमा सजिएको नयाँ गीत रिलिज गरिएको छ। तिमीलाई देखेपछि माया पलायो बोलको गीतको म्युजिक भिडियो डिभाइन म्युजिकबाट रिलिज गरिएको छ।

नीलकण्ठ सुवेदीको शब्द रचना रहेको गीतमा युवायुवतीको भेटपछि भएका प्रेमका कुरा गरिएका छन्। गायक भट्टराईले आफूले गाएका गीतमा मन परेका गीतमध्ये यो गीत पनि एक रहेको बताए। संगीतकार पोखरेलले यो गीतबाट आफूले निकै आशा गरेको बताए।

गीतको म्युजिक भिडियो सुरेशदर्पण पोखरेलले निर्देशन गरेका छन्। संयुक्त राज्य अमेरिकाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा भरत सुवेदी र समिन श्रेष्ठले अभिनय गरेका छन्। विनोद अधिकारीले छायांकन गरेका छन् भने सम्पादन भरत रेग्मीले गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्