नेपाल-भारत सीमामा तस्कर र प्रहरीबीच झडप,एक प्रहरी घाइते



न्युज अफ नेपाल,पर्सा ।

वीरगञ्जस्थित नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ । रक्सौल नाकाबाट भन्सार छली अबैध कपडा ल्याउने तस्कर र प्रहरीबीच झडप हुँदा एक प्रहरी समेत घाइते भएका छन् ।

झडपमा अस्थायी प्रहरी चौकी इनर्वाका प्रहरी सहायक निरीक्षक जयप्रकाश पाण्डे घाइते भएका हुन् । उनको हाल नारायणी अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्