ह्याण्ड स्यानिटाइजर पिउँदा ७ जनाको मृत्यु



मस्को (एजेन्सी)

रुसको एक गाउँमा आयोजना भइरहेको पार्टीमा रक्सी सकिएपछि ह्यान्ड सेनिटाइजर पिउँदा सातजनाको मृत्यु भएको छ । अन्य दुईजना कोमामा पुगेको बताइएको छ । तातिन्सकी जिलाको तोमतोर गाउँमा ९ जना पार्टी गरिरहेका जिए । पार्टीमा सहभागीले पिएको सेनिटाइजरमा ६९ प्रतिशत मेथना थियो जुन महामारीका कारण हात सफा राख्न बेच्ने गरिएको समाचारमा बताइएको छ ।

सुरुमा तीनजनाको मृत्यु भएको र बाँकी ६ जनालाई विमानबाट क्षेत्रिय राजधानी याुुकत्स्क ल्याइएको डेलिमेलले जनाएको छ । उपचारकै क्रममा अन्य ४ जनाको पनि मृत्यु भयो । फेडरल पब्लिक हेल्थ वाचडगले सेनिटाइजरबाट भएको विषाक्तपनालाई लिएर आपराधिक मुद्दा दर्ता गरिएको जानकारी दिएको छ । रुस सरकारले नागरिकहरुलाई स्थानिय रुपमा बनाइएका सेनिटाइजर नपिउन भनेको छ ।

रुसमा अहिलेसम्म कोरोना भाइरस संक्रमण हुने २० लाख ६४ हजार नाघेको छ । यस महामारीबाट ३५ हजार ८ सयको मृत्यु भइसकेको छ । विश्वभरी कोरोना भाइरसबाट संक्रमण हुने ५ करोड ८० लाख पुगेको छ भने १३ लाख ८० हजारको मृत्यु भइसेकेको छ । गत अगस्टमा अमेरिकामा ह्यान्ड सेनिटाइजरको सेवनबाट कम्तिमा ४ जनाको मृत्यु भएको थियो भने दर्जन भन्दा बढी ब्यक्ती देख्ने सक्ती गुमाएको लगायतका गम्भिर स्वास्थ्य समस्याबाट पिडित भएका थिए ।

यसअघि अमेरिकी खाद्य तथा औषधी प्रशासनले विषादी मेथानोल मिश्रित ह्यान्ड सेनिटाइजर उत्पादन भइरहेकोमा सचेत गराइएको थियो । उक्त तत्व वान्ताहुने, स्थायी अन्धोपना, मुर्छा पर्ने र मृत्यु नै हुन सक्ने कारक बन्न सक्छ । गत मे १ देखि जुन ३० सम्ममा एरिजोना र न्यु मेक्सिकोमा मेथानोलको असरले १५ वयस्क अस्पताल भर्ना गरिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएको थियो ।

त्यसैगरि गत जुलाइमा हातमा कोरोना भाइरस मुक्त बनाउन प्रयोग हुने सेनिटाइजरको सेवनले भारतको आन्ध्र प्रदेशमा पनि १० जनाको मृत्यु भएको थियो । कुरिचेदु गाउमा लकडाउनको बेला उक्त घटना भएको हो । मृतकहरुले पानी र सफ्ट ड्र्न्किमा सेनिटाइजर मिसाएर सेवन गरेको प्रहरीले बताएको थियो । उनीहरु रक्सीमा नभइ नहुने भइसकेको र मर्नु भन्दा १० दिन अघि देखि सेनिटाइजर मिसाएर पिउने गरिरहेको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्