लोक गीतमा धिरेन्द्र र पवित्रा विजयी



रेडियो काठमाडौं र डिएआर मुभिजको सहकार्यमा रेडियो काठमाण्डुको कार्यक्रम ईन्द्रेणिको बसाईमा खोजि आवाजको पहिलो चरणको विजेता सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का भएका छन्।
लोक गीत, दोहोरी गाउने क्षमता भएकाका लागी रेडियोको माध्यमबाट नयाँ कलाकारको खोजि अभियान सुरु गरिएको डिएआर मुभिजका सदस्य राजाराम गौतमले बताए। बिजेताहरूलाइ एक्सन स्टुडियो नेपालले एउटा गीत रेकर्ड गर्ने अवसर दिनेछ र त्यस गीतको बजार व्यवस्थापन डिएआर मुभिजले गर्नेछ। विजयी प्रतियोगीले विजेता भएको मितिले १ महिना भित्र गीत रेर्कड गराउन स्टुडियोमा सम्पर्क गरिसक्नुपर्ने गौतमले जानकारी दिए।
देशभरका एक सयभन्दा बढि रेडियो एफएमबाट एकै साथ प्रशारणा हुने कार्यक्रम ईन्द्रेणिमार्फत देशभरका लोकगीत प्रेमीहरूले कार्यक्रममा सहभागिता जनाएका थिए। प्रतियोगीताको निर्णायकमा लोक दोहोरी गायक तथा श्रष्टा घमेश दुलाल र प्रभावन जे रहेका छन्। पहिलो रेडियो अडिसनबाट धनराम परियार र सिता मगर, दोस्रो अडिसनबाट कैलास कैनी र पवित्रा खड्का तथा तेस्रो अडिसनबाट धिरेन्द्र सलामी मगर र पुर्ण कुमार तिवारी छनौट भएका थिए। तीन अडिसनबाट ६ जना छानिएका थिए। अन्मित प्रतिस्पर्धाबाट सुर्खेतका धिरेन्द्र सलामी मगर र अछामकी पवित्रा खड्का विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्