दाम्पत्य कचकच सार्वजनिक



गायक गायिका भरत भट्ट र एलिना चौहानले गाएको बुढीको कचकच बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। सपना बानियाँ र भरत भट्टको शब्द सृजना रहेको गीतमा सपना बानियाँले संगीत भरेका छन् भने केबी भण्डारीले संगित एरेन्ज गरेका छन्।
सोफिया बज्राचार्य र राज बस्नेतका साथमा सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काप्mले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीको अभिनय रहेको गीतको म्युजिक भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका छन्। भिडियोमा पारिवारिक घर झगडाको विषय समेटिएको छ। सानातिना गल्ती तथा जीवनका आरोह अवरोहमा आइपर्ने महत्वकांक्षा अनि चुनौतीले पती पत्नीबिच आउने तनावलाई भिडियोमा प्रष्ट्याउन खोजिएको छ। भिडियोमा मुकेश हुमागार्इंको छायांकन र पदम सुवेदीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्