अमेरिकाबाट आयो विमलको मेरो हजुर



मेरिकामा रहँदै आएका लोकप्रिय लोकगायक तथा सर्जक बिमल डाँगीले आप्mनो सांगितीक क्रियाशिलतालाई उतैबाट निरन्तरता दिँदै आएका छन्। यसै क्रममा डांगीले पछिल्लो सांगीतिक प्रस्तुतिस्वरुप मेरो हजुर बोलको गीत डिजीटल बजारमा ल्याएका छन्।
डोल्पामा जन्मिएर काठमाडौलाई सांगीतिक पाठशाला बनाएका उनले यसअघि पनि अमेरिकाबाटै थुप्रै गीत बजारमा ल्याइसकेका छन्। पानसमा बत्ति बालेको, फापरको पिठो पठाईदेउ आमा, पागलै बनौँला, तिमिबाट म टाढा हुँदै छुजस्ता गीबाट संगीतप्रेमीहरुबाट लगातार माया बटुल्दै आएका गायक डांगीको मेरो हजुरमा प्रयोग भएका लय शब्द तथा स्वरले माया प्रेमको बन्धनमा बाँधिएका जोडीको प्रेम भाव व्यक्त गरेको छ। रमाइलो कुरा के छ भने डांगीले आप्mनो गीतको म्युजिक भिडियोमा गैर नेपालीलाई समेत गीतका शव्द बुभ्mन सरल होस् भन्ने हेतुले अंग्रेजीमा सब टाइटल राखेका छन्।
यो गीतमा बिमलका साथमा उनकै गायिका तथा मोडल पत्नी सरिता डाँगीको स्वर रहेको छ। बिमलकै लय र शब्द रहेको गीतमाथि आकर्षक म्युजिक भिडियो पनि बनाइएको छ। गीतको म्युजिक भिडियोमा दुर्गेश थापा र नीता ढुंगानाको अभिनय रहेको छ। भिडियो प्रकाश भट्टले निर्देशन गरेका छन् शम्भु मोक्तान र बिष्णु शर्माले सम्पादन गरेका छन्। दुर्गेश र नीताको भिडियो भव्य कोरस र मयुर नाचसहित नेपालमा खिचिएको छ भने विमल र सरिताको लिप्सिङ अमेरिकी शहरमै खिचिएको छ।

प्रतिक्रिया दिनुहोस्