पोथी खोज्ने बाघ तीन हजार किमी हिँडेर फर्क्यो



नयाँदिल्ली,(एजेन्सी)

भारतमा तीन हजार किलोमिटर दूरी हिंडेर एउटा बाघ आफु बस्ने आरक्षणमा फर्केको छ । आरक्षणको एक मात्र उक्त बाघले यति लामो दूरी हिंडेर किर्तिमान समेत खडा गरेको छ । पश्चिमी राज्य महाराष्ट्र स्थित बन्यजन्तु आरक्षणमा रहेको साढे तीन वर्षिय बाघलाई त्यहाँका कर्मचारीहरुले मायाले ‘ वाकर ’ भनेर बोलाउने गर्छन् ।

संभवत आफ्नो पोथी जोडीको खोजिमा उसले गत वर्षको जुनमा सो आरक्षण छाडेको थियो । गर्धनमा रेडियो जडान गरिएका वाकर महाराष्ट्रका सातवटा जिल्ला र छिमेकी तेलंगना राज्य पार गरेर त्यहाँ आइपुगेको हो । नौ महिना लगाएर गत मार्चमा वाकर पुरानो आरक्षणमा फर्कन सफल भएको हो ।

दुई सय पचास वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको डिभाँगाना आरक्षणमा चितुवा , निलो साँढे , जंगली भालु , मृग लगायत थुप्रै लोपोन्मुख जनावर तथा पन्छि रहेका छन् । अहिले आरक्षणका कर्मचारीहरुले वाकरका लागि एउटा बघिनीको व्यवस्था गर्नेबारे सोचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्