खोटाङमा ६६ संक्रमितमध्ये ४६ ले कोरोना जिते



रामधन राई,खोटाङ ।

खोटाङमा कोरोना भाइरसबाट संक्रमित ६६ जनामध्ये ४६ जना निको भईसकेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा संक्रमण पूष्टी भएकामध्ये २० जनाको भने उपचार भइैरहेको छ । जिल्लामा कोभिड–१९ बाट संक्रमितको संख्या लगातार वृद्धि भइरहेको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढि संक्रमित भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट १ हजार ११ जनाको पिसिआर परीक्षण गराईएकोमा ३० जनालाई संक्रमण भएको पूष्टी भएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जनाउभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संक्रमितमध्ये १० जना प्रहरी जवान छन् ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिकाबाट ३ सय १ जनाको नमूना पिसिआर परीक्षणमा पठाइएकामा ४ जना, खोटेहाङ गाउँपालिकाबाट १ सय ३३ जनाको पिसिआर परीक्षणमा पठाइएकामा ४ जना संक्रमित पाईएको थियो । यस्तै, साकेला गाउँपालिकाबाट २ सय ३० जनाको पिसिआर परीक्षण गराउँदा ४ जना, जन्तेढुंगा गाउँपालिकाबाट १ सय २३ जनाको पिसिआर परीक्षणमा पठाउँदा २ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाबाट १ सय ४६ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जना र ऐसेलुखर्क गाउँपालिकाबाट ७३ जनाको पिसिआर परीक्षणमा पठाउँदा १ जनामा संक्रमण पुष्टी भएको जनाईएको छ ।

बराहपोखरी गाउँपालिकाबाट ५७ जनाको पिसिआर परिक्षणमा पठाइएकामा १ जना र केपीलासगढी गाउँपालिकाबाट ८९ जनाको पिसिआर परिक्षण गर्दा १ जनालाई संक्रमण पूष्टी भएको प्रशासनले जनाएको छ ।

संक्रमितमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १८ जना, केपीलासगढी गाउँपालिकाका १ जना र जन्तेढुंगा गाउँपालिकाका १ जना हाल उपचारमै छन । हालसम्म रावाबेँसी गाउँपालिकामा कुनै पनि संक्रमित फेला परेका छैन । लकडाउन खुलेपछि र लामो तथा छोटो दुरीको सवारी साधन सञ्चालन सुरु भएपछि आवागमन बढ्दा जिल्लामा कोरोना संक्रमणको त्रास बढेको छ । तर, स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा बेवास्ता बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्