तलास बन्दै



कोरोना संक्रमणमा वृद्धिका बीच धेरैजसो क्षेत्र पहिले नै खुलिसकेका छन्। अब खेलकुद क्षेत्र पनि खुल्ने भएको छ। यसका बाबजुद फिल्म क्षेत्र खोल्ने अनुमति सरकारले दिएको छैन। सरकारले अनुमति नदिए पनि फिल्म निर्माणका काम फाट्टफुट्ट चलिरहेका छन्। यसै क्रममा तलास नामक फिल्मको यति बेला छायांकन सकाएर धमाधम पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
फाल्गुनन्द लिङ्देन फिल्म्स्ले निर्माण गरेको फिल्ममा दिनेश लिङ्देन र हस्त लिवाङको संयुक्त निर्देशन छ। फिल्ममा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, दिलीप ठकुरी, विमला खजुम, अजय खडका, हस्त लिवाङ, अञ्जिता नेम्वाङ, विमल ढुंगेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण राई, दावा शेर्पा, सागर केरुङ, पुण्य ओझा, मिङ्मा शेर्पा र प्रीति योगीको अभिनय छ। फिल्मबाट विमला खजुम, अञ्जिता नेम्वाङ र दावा शेर्पा अभिनयमा डेब्यु गर्दै छन्।
फिल्ममा रोशन वान्तवा राईको संगीत, विक्रम डिसीको छायांकन, पुण्य ओझाको द्वन्द्व र दिनेश माङ्मुको नृत्य छ। नारी हिंसाका विरुद्धको कथालाई प्रस्तुत गरिएको फिल्ममा दिनेश लिङ्देनको लेखन छ।

 

प्रतिक्रिया दिनुहोस्