रामकृष्णको अधर सार्वजनिक



बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दूबसू) को शब्द र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरको गीत अधरको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा संगीत शिखर शन्तोषले भरेका छन्। भिडियो बेलायतको लन्डनस्थित विभिन्न रमणीय लोकेसनमा खिचिएको छ।

डा. दूबसू क्षेत्री नेसनल डेभेलपमेन्ट फाउन्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसँगको सहकार्यमा तयार भएको म्युजिक भिडियामा सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको छायांकन, सम्पादन र निर्देशन रहेको छ। विष्णु खरेलले यस भिडियोमार्फत मोडलिङमा पाइला टेकेका छन्।

उनलाई बेलायतमा स्थापित मोडल रोस्ना कार्कीले साथ दिएकी छिन्। कार्कीले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन्। साथै हालसम्म आफूले गरेको भिडियोमध्ये अधर आप्mनो उत्कृष्ट रहेको उनले जिकिर गरिन्। बेलायतस्थित नेपाली दँतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्