कोरोना संक्रमित हास्य कलाकार गजुरेलको अवस्था गम्भीर



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ ।

कात्तिक १० गते संक्रमण पुष्टि भएका उनको हाल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसियूमा कक्षामा उपचार हुँदै छ । स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई आईसियू कक्षामा सारिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

गजुरेलले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका थिए । उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्