४८ वर्षपछि बाबुछोराको मिलन



वासिङ्टन, (एजेन्सी)

झन्डै ४८ वर्षदेखि कुनै सम्पर्क नरहेका बाबुछोराको अमेरिकाको पेनसिल्भानिया विमानस्थलमा भावुक पुनर्मिलन भएको छ। यस अभूतपूर्व पुनर्मिलनका लागि तिनीहरूका एक नातेदार महिलाले निरन्तर सामाजिक सञ्जाल फेसबुकमा खोजी गरेर सहयोग गरेकी थिइन्।

नर्थम्बरल्यान्ड काउन्टी निवासी पिता बिल प्याट्रिकले युताह निवासी आफ्नो छोरा बिल प्याट्रिकलाई पाँच वर्षको उमेर हुँदादेखि नभेटेको बताएका छन्। बिल जुनियरले भनेका छन्– ‘मेरो विचारमा मेरी आमाले सन् १९७३ मा इस्टर पर्वको भोलिपल्ट मलाई र मेरी दुई दिदीबहिनीलाई लिएर गएकी थिइन्। मैले मेरो जन्मदर्ता प्रमाण पत्रमा रहेको बुबाको नाम मात्र चिन्थें।’

त्यसैगरी, पिताले पनि आफू र आफ्नो परिवारले लामो समयदेखि आफ्ना सन्तानको खोजी गरिरहेको बताएका छन्। उनका हाल चार नातिनातिना र पाँचजना पनाती छन्। उनले आफ्नी बहिनीले फेसबुकमा हुलियादेखि नाम र अन्य कुरा आफूसँग मिलेको आधारमा छोरोको पहिचान गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्