समाचारपत्रकर्मी भट्टराईलाई पितृशोक



काठमाडौं, (नेस)
कामना न्यूज पब्लिकेसन्सका पुराना पत्रकार एवं अधिवक्ता विकास भट्टराईलाई पितृशोक परेको छ । उहाँका पिता हरिराज भट्टराईको ८२ वर्षको उमेरमा दशैंको नवमीका दिनमा निधन भएको हो ।
भट्टराई विगत केही वर्षदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र दुई छोरा हुनुहुन्छ । भट्टराई ३२ वर्षसम्म सरकारी जागिरे जीवन बिताई अवकाश पाउनुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्