बेल्जियममा पुन: लकडाउन घोषणा



लन्डन,(एजेन्सी)

युरोप भरिकै तुलनामा आफु कहाँ कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा बढि देखिएपछि बेल्जियमले पुन राष्ट्रव्यापि लकडाउनको घोषणा गरेको छ । सोमवार दखि आगामी डिसेम्वरको मध्य सम्मका लागि अत्यावश्यक सामग्री बिक्रि नहुने पसलहरु र अन्य वैयत्तिक सेवा प्रदायक व्यवशायहरु बन्द हुने भएको छ । साथै कुनै पनि सार्वजनिक स्थानमा चारजना भन्दा बढि व्यक्ति जम्मा हुन पाउने छैन ।

सुपर मार्केटहरुले एकपटक एकजना गरी अत्यावश्यक दैनिक उपभोग्य र घरायसी सामान मात्र बिक्रि गर्न पाउने छन् । शरदकालिन बिद्यालय विदाको म्याद पनि आगामी नोभेम्वर १५ सम्मका लागि लम्ब्याइएको छ । साथै पहिले देखि नै लागु हुन्दै आएको रात्रिकालिन कफ्र्यु र वार तथा रेस्टुरेन्ट बन्द राख्ने नियम कायमै रहने सरकारी प्रवक्ताले शनिवार बताएका छन् ।

पहिलो चरणको कोभिड १९ को चपेटा सबैभन्दा बढि मानिसले ज्यान गुमाउने विश्वका अन्य मुलुक जस्तै बेल्जियम पनि हो । शुक्रवार बेल्जियमका प्रधानमन्त्री अलेकजान्दर डि क्रूले मुलुक स्वास्थ संकटकाल स्थितीमा पुगेको जानकारी दिएका थिए । बेल्जियमका अस्पतालका आपतकालिन उपचार कक्षका २ हजार सैया मध्ये आधा भन्दा बढि कोरोनाका बिरामीले भरिसकेका छन् ।

युरोपमा चेक रिपब्लिक पछि कोरोना भाइरसको कारण सबैभन्दा बढिको ज्यान गएको मुलुक बेल्जियम हो । त्यहाँ ११ हजार ३ सय जना भन्दा बढिको मृत्यु भइसकेको छ । युरोपभरि अहिले १ करोड १५ लाख व्यक्ति संक्रमित रहेका छन् । यसैबिच इंगल्यान्डका प्रधानमन्त्री बोरिस जोहन्सन पनि एक महिना समम राष्ट्रव्यापि लकडाउन लागु गर्ने योजनामा रहेका छन् ।

क्रिशमशको अघि परिस्थिती सामान्य बनाउने उद्देश्यले यो योजना कार्यानवयन गरिन लागेको हो । सोमवार सबैलाई घरैमा बस्ने नयाँ आदेश जारी हुन सकने अनुमान गरिएको छ । तर यस नयाँ लक डाउनमा स्कूल , कलेल र युनिभर्सिटी भने चालु रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्