रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु



न्युज अफ नेपाल, तनहुँ ।

रोकिराखेको ट्रकमा ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ भाँगेका १९ वर्षीय अञ्जन सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । तिमिल्सिनाका अनुसार ट्रकसँग ठोक्किएर गम्भिर घाइते सुनारको आँबुखैरेनी हाडजोर्नी अस्पतालमा उपचारको क्रममा शुक्रबार ज्यान गएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्रदेश ३–०२–१३ प २१०६ नम्बरको मोटरसाइकल सोही दिशातर्फ रोकिराखेको ना५प ८८९२ नम्बरको ट्रकमा ठोक्किएर सुनार घाइते हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्