गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीयमा खुशियाली



टंकराज अधिकारी ।

गाउँमा पहिलो पटक यात्रुबाहक गाडी पुग्दा स्थानीयवासीमा खुशियाली छाएको छ। पोखरादेखी १८ किलोमिटर टाढाको दूरीमा रहेको अन्नपूर्ण गाँउपालिका वड़ा १ स्थित अधिकारीडाँड़ामा शुक्रवार यात्रुवाहक गाडी पुग्दा स्थानीयवासीले चालकदलका सदस्य एवं यातायात ब्यवसायीहरूलाई माला र अबीर लगाई स्वागत गरेका थिए।

नागडाँड़ा, अधिकारीडाँड़ा, कार्कीकोटहरा ग्रामीण सड़क उपभोत्ता समिति र पोखरा यातायात प्राली बिच गत असोज ३० गते एक समझौता गरी शुक्रवारबाट बस संचालन गरिएको उपभोत्ता समितिका अध्यक्ष केदारनाथ अधिकारीले बताउनु भयो ।

समितिले पोखरा-बाग्लुङ राजमार्गको नागडाँडाबाट सिम्पाली हुदै अधिकारीडाँड़ासम्मको मोटरवाटो निर्माण २०५४ सालमै निर्माण सम्पन्न गरेको थियो भने पोखरा महानगरपालिका २४ स्थित कार्कीकोटहरासम्म जोड़ने काम केहिबर्ष पहिले सम्पन्न गरेको थियो ।

मोटरबाटो निर्माण भएको २३र२४ वर्ष पुग्दा पनि सार्वजनिक सवारी साधनको कुनैपनि सुविधा नपाएको हुदा उपभोक्ताको व्यापक चाहना भए बमोजिम सवारी साधन संचालन गरिएको हो। सृजना सामुदायिक बिधालय, सिम्पाली देख़ि अधिकारीडाँड़ा, भिड़ावारी, कार्कीकोटहरा हुदै पोखरा महानगरपालिकाको पृथ्वीचोकसम्म यातायातको सेवा लिन सकिने अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

शहरबाट गाउँ र गाउँबाट शहर बजार हिँड्ने बेलामा कठिनाइ भइरहेको अवस्थामा आँगन आँगनमा गाडी पुगेकोमा यहाँका बासिन्दा अत्यन्त खुसी भएका छन् ।

अन्नपूर्ण गाउँपालिका १ स्थित परशु आधारभुत बिधालयका पुर्व प्रधानाध्यापक तुलसी प्रसाद अधिकारी आँगनमै मोटर पुग्दा ख़ुशी हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, ‘यहाँका किसानले गाँउमा उत्पादित फलफूल, तरकारी र अन्न सजिलै बजारसम्म पुर्रयाएर बिक्री वितरण सहज हुने बताउनु हुन्छ । आफ़ना खेतवारीमा फलेका तरकारी, फलफूल र अन्न बारीमै कुहिने, परिश्रम खेर जाने नभई किसानले दुःख गरेर उत्पादित गरेका वस्तुले बजार पाँउनेमा विश्वस्त रहेको उहाँको भनाई रहेको छ ।

यात्रुबाहक बस गाँउमा पुगेपछि नियमित रूपमा बस सञ्चालन हुने वातावरण मिलाउन स्थानिय बासिन्दाहरूले यातायात ब्यवसायीसँग आग्रह गरेका छन।

गाडी गाउँमा पुर्‍याउँदा खुसी हुँदै स्थानीयले खादासहित अबीर लगाई स्वागत गरेपछि पोखरा यातायात प्रा लि संचालक देवी कुईकेलले नियमित रूपमा बस सञ्चालन हुने नहुने स्थानिय बासिन्दामै भरपर्ने बताउदै स्थानियको साथ र सपोर्ट पाँएमा आफूहरूले सो रुटमा नियमित रूपमा गाडी चलाएर सहज बनाइदिने बताए ।

अन्नपूर्ण गाँउपालिकाका उपाध्यक्ष सगुन गुरुङले गाउँपालिकाले सडक, खानेपानी, शिक्षा जस्ता बिषयलाई मुख्य योजना बनाएर काम गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘बिकासको पहिलो आधार नै सड़क हो, सडक बिना कुनै पनि बिकास हुन नसक्ने भएकाले बिकासको मुख्य काम भनेको बाटो भएको बताउनु भएको छ ।

अन्नपूर्ण गाँउपालिका वड़ा नं १ का वडाध्यक्ष भरतजंग कुँवरले विकासको पहिलो आधार नै अहिले सडक सञ्जाल हो । वड़ाले सड़कलाई पहिलो प्राथमिकतामा राखेको उहाँको भनाई रहेको थियो ।

नागडाँड़ा, अधिकारीडाँड़ा, कार्कीकोटहरा ग्रामीण सड़क उपभोत्ता समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाँउपालिका शिक्षा विभाग प्रमुख बलराम भुगाई, अन्नपूर्ण गाँउपालिका वड़ा नं १ का वड़ा सदस्य इन्द्रप्रसाद सुबेदी, पोखरा महानगरपालिका वडा नं २३ का वडा सदस्य एवं यातायात ब्यवसायी दुर्गाबहादुर घले लगाएतले सड़कको महत्वको बारेमा आ-आफ़ना भनाई राखेका थिए

प्रतिक्रिया दिनुहोस्