अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु, ३ दिनपछि शव उठ्यो



यमलाल भुसाल, बुटवल ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सुत्केरी व्यथा लागेर भर्ना भएकी एक महिलाको मृत्यु भएको छ । अस्पतालको लाप्रवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव ३ दिन पछि मात्र बुझेका छन ।

गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो ।
दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् ।
अस्पतालको लाप्रवाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि विरोध जनाएका थिए् ।

‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका भाई मोहन पाण्डेले बताउनु भयो । ५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।

अस्पताल प्रशासन र पीडित पक्षबीच शुक्रवार भएको छलफलले कार्तिक २० गते अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, प्रशासन र पीडित पक्षबीच बैठक वसी छलफल गर्ने र सोही दिन छानविन समिति गठन गर्न परे गर्ने गरि लिखित सहमती भएसंगै सव उठाउने सहमती भएको मृतकका भाई मोहन पाण्डेले बताउनु भयो । अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताउनु भयो ।
केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताउनु भयो ।

बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उहाँले बताउनु भयो । ‘यही कारणले मृत्यु भयो भनेर भन्न सकिन्न, तर अस्पताल र डाक्टरले जानी–जानी लापर्बाही गर्ने कुरा हुँदैन,’ प्रवक्ता गौतमले भन्नु भयो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पछिल्लो समयमा लाप्रवाही अली बढेको छ । उपचारमा संलग्नहुनेहरुको वेथिती र व्यवस्थापन पक्षको कमजोरी भएकोले उपचारार्थ आउने विरामीहरुको अनाहकमा मृत्यु हुने गरेकोले अस्पताल प्रशासन थप जिम्मेवार हुन जरुरी देखिएको छ ।

पछिल्लो समयमा अस्पतालमा भौतिक पूर्वाधारमा बढी ध्यान दिएको छ यससंगै विरामीको उपचारलाई प्रभावकारी बनाउन जरुरी रहेको सरोकारवालाहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्