विप्लव समूह कञ्चनपुरका सचिव महरा पक्राउ



न्युज अफ नेपाल, काठमाडौँ ।

विप्लव समूह कञ्चनपुरका पार्टी कार्यालय सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेकपा जिल्ला पार्टी कार्यालय सचिव शंकर महरा रहेका छन् । महराविरुद्ध आगजनी, विस्टफोटन जस्ता घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै, नेकपा कञ्चनपुरले भने प्रहरीले झुटा मुद्दा लगाएर फसाउने काम गरेको भन्दै महराको ससम्मान रिहाईको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्