हेटौँडामा धमाधम नयाँ घर बन्दै, ९ सय ३३ वटा नक्सा पास



कृष्णउदास खनाल, हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकामा एक वर्षको अवधिमा नयाँ घर बन्नका लागि ९ सय ३३ वटा नक्सा पास भएका छन् ।

उपमहानगरपालिकाको साविकका ११ वटा वडामा सबै भन्दा धेरै नयाँ घर बनेका हुन् । बितेको एक आर्थिक वर्षमा नयाँ घर निर्माणका लागि ९ सय ३५ जनाले नक्सा पेस गरेको र ९ सय ३३ वटा नक्सा पास गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।पुराना बनेका घर भन्दा पनि अधिकांशले नयाँ घर निर्माणका लागि नक्सा पास गरेका छन् । उपमहानगरपालिका भएपछी यस क्षेत्रमा नयाँ घर निर्माण गरेर बस्ने परिवार पनि थपीदै गएका छन् । घर थपीएसंगै उपमहानगरपालिका क्षेत्रमा जनसख्या पनि वढ्दै गएको छ ।

कामको शिलशिलामा हेटौंडामा अस्थायी वसोवास गर्नेसंगै घरनै बनाएर वस्ने परिवार पनि थपीदै गएको मेयर महतले वताउनुभयो । वितेको एक वर्षको अवधिमा नक्सा म्याद थपको काम भने ३३ जनाले गरेका छन् । नक्सा नामसारी भने ९६ जनाले गरेको उहाँले वताउनुभयो । यो एक वर्षको अवधिमा सडक सार्वजनिक र प्लटीङ स्वीकृत भने गरिएको छैन ।हेटौंडा हाल बागमती प्रदेशको स्थायी राजधानी भएका कारणले पनि हेटौंडा तराई र पहाडका नागरिकहरुका लागि उचित बासस्थानको गन्तब्य भएको पनि उपमहानगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्