महामारीको बावजुद भारतमा चुनाव शुरु



नयाँदिल्ली, (एजेन्सी) । 

भारतमा कोरोना भााइरस महामारी शुरु भएयताकै पहिलो महत्वपूर्ण निर्वाचन प्रारम्भ भएको छ । विधानसभाको यस निर्वाचनलाई राजनीतिक विश्लेषकहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको अर्को अग्नी परिक्षाको रुपमा हेरिरहेका छन् ।

पुर्वी राज्य विहारको विधान सभाको २ सय ४३ सिटका लागि भएके यस चुनावका लागि ७ करोड भन्दा बढि वैधानिक मतदाता रहेको राष्ट्रिय निर्वाचन आयोगले जनाएको छ । मतदाताको यो संख्या जापानको कूल जनसंख्या वरावर हुन आउँछ ।

भारतको इतिहासमै पहिलो पटक परम्परागत चुनाव प्रसार तरिका परिवर्तित गरिएको छ । भच्र्युयल चुनावी र्‍यालीहरु आयोजना गरिएका छन् । तीन चरणमा सम्पन्न हुने यस चुनावको पहिलो चरण बुधवार शुरु भएको छ । मतदान कार्य आगामी १० नोभेम्वरमा हुने भएको छ । कोभिड १९ कै कारण यस वर्ष विश्वका अन्य ६० वटा भन्दा बढि मुलुकमा पुर्व निर्धारित चुनाव स्थगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्