डा. भट्टराई दम्पतीलाई कोरोना संक्रमण



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जालमार्फत भट्टराईले आफू र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।

पछिल्लो समय आफूहरुसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गर्दै भट्टराईले भनेका छन्, ‘चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं, केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।’

प्रतिक्रिया दिनुहोस्