पत्रकार गुरुङ्गको ‘धेरै पछि उनको गाँउमा’ सार्वजनिक (भिडियोसहित)



युरोपमा क्रियाशिल पत्रकार तथा साहित्यकार वाइबी गुरुङ्गकोे धेरै पछि उनको गाँउमा बोलका गीत सार्वजनिक भएको छ ।

प्रेममय मार्मिक शब्दले भरिएको यस गीतका गितकार गुरुङ्ग हुन्। गीतमा संगीत शंकर थापाको छ भने स्वर नेपालकै स्माइली गायक राजु लामाको रहेको छ। दश म्युजिकमार्फत भिडियो सार्वजनिक भएको गीतमा रक्षा थापा र गायक राजु लामाको अभिनय रहेको छ भने म्युजिक भिडियो निर्देशक गणेश शाही र प्रोड्युसर हिरा गुरुङ्ग छन्।

नेपाल पत्रकार महासंघ युरोपको सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलको पूर्व अध्यक्ष तथा आजीवन सदस्य,फोनिज युरोप अध्यक्ष लगायत युरोपका विभिन्न संघसंस्थामा आवद्ध गितकार गुरुङ्गको गितमा अगाध मायालाई कुनै छेकबारले पनि छेक्न नसक्ने र सच्चा मायाको सामु जातिय विभेदको पर्खाल गौण हुने सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्