काठमाडौं उपत्यकामा २ हजार ७२० कोरोना संक्रमित थपिए



न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप २ हजार ७२० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ३५७ , ललितपुरमा २३६ र भक्तपुरमा १२७ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै काठमाडौंमा संक्रमितको संख्या ५४ हजार २४५ पुगेको छ । हालसम्म काठमाडौंमा २० हजार १९६ जना कोरोना मुक्त भएका छन् भने १८६ संक्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्