भोलि मध्यरातबाट विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने, अटेर गरे प्रसारण बन्द



न्युज अफ नेपाल, काठमाडौं ।

भोलि मध्यरातबाट नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड हुनैपर्ने बताएको छ ।

‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ विज्ञप्तिमा भनिएको छ । यस्तै, क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ । बीबीसी न्युज, डिस्कभरी नेटवर्क्स, नेपाल केबल टेलिभिजन महासंघ आदिले संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले उक्त माग अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्