रिकभरी अवार्ड चित्लाङमा



हेटौंडा, (नेस)।

लागूऔषधको दुव्र्यसनमा फसेकाको उपचारका लागि हेटौंडामा सक्रिय रहँदै आएको सिआन पुनःस्थापना केन्द्रले पहिलो पटक गर्ने नेपाल रिकभरी अवार्ड–२०२० स्वदेशमै हुने भएको छ।

गत वर्ष चैत १२ गते थाइल्यान्ड आयोजना गर्ने घोषणा गरिएको अवार्ड कार्यक्रम कोरोना भाइरसका कारण स्थगित भएर स्वदेशमै गर्ने निर्णय गरिएको हो।

नेपालभरका लागूऔषध न्यूनीकरणमा काम गर्ने सुधारकर्मी तथा न्यूनीकरणमा सहयोग पु¥याउने संस्थाले गरेका कार्यको उच्च मूल्यांकन गर्दै उनीहरुमा हौसला प्रदान गर्ने उद्देश्यले आगामी मंसिर ६ गते अवार्ड कार्यक्रम गरिने घोषणा गरिएको छ।

उत्तरी मकवानपुरस्थित पर्यटकीय थाहानगरको चित्लाङमा अवार्ड गर्न लागिएको सिआन पुनःस्थापना केन्द्रका प्रमुख सौजन डीसीले जानकारी गराए।

१० विधामा अवार्ड प्रदान गरिने कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित कलाकारको प्रस्तुति रहनेछ। मेडएक्स र रिकभरिङ नेपालको समन्वयमा हुने कार्यक्रममा देशभरका १ सयभन्दा बढी सुधारकर्मीको सहभागिता रहनेछ।

प्रतिक्रिया दिनुहोस्