भालुलाई खाना ख्वाउने महिलालाई कारवाही



न्युजर्सी,(एजेन्सी)

अमेरिकाको स्मोकी माउन्टेनमा भालुलाई आफ्नै हातले खाना ख्वाउँदै गरेको टिकटक भिडियो बनाएर सामाजिक संजालमा राख्ने एक जना आगन्तुकलाइृ कारवाही गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । टेन्नेस्से बन्यजन्तु आरक्षण निकाय (डब्ल्युभिएलटि) ले गत महिना गात्लिन्वर्गमा विदा मनाउने बm्रममा ति महिलाले कालो भालुलाई खाना ख्वाएको जनाएको छ ।

यस टिकटकमा ति महिलालले भालुको मुखमा चकलेट र तरवुजा राखदै गरेको देखिन्छ । डब्लयु भिएलटिले यस भिडियो पोस्टको लिन्कमा ‘ यस कार्यको कारण गम्भीर चोटपटक लाग्न सक्ने ’ चेतावनी लेखेको छ ।

फुटेजमा देखिएकी भर्जिनियाको ड्यानभिल्ले निवासी एकाइस वर्षिया क्रिस्टिन हेइलीलाई अवैध ढंगले भाुलुलाई खाना ख्वाएर अपराध गरेको अभियोग लगाइएको प्रहरीले जनाएको छ । नर्थ क्यारोलिनाको केन्टुकीसंग जोडिएको टेन्नेस्सेका जंगलमा ६ सय पाउन्ड वजन सम्मका काला भाुलुहरु पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्