संगीतमा आयो मेरी आमा र सेतो छडी



राजधानीमा एकसाथ दुई गीत सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक समारोहबीच लता शर्माद्वारा रचित मेरी आमा बोलको गीत हास्य अभिनेता दमन रुपाखेती र ललिता ‘दोषी’ द्वारा रचित सेतो छडी बोलको गीत पहिलो दृष्टीविहीन महिला अधिकृत निरा अधिकारीद्वारा विमोचन गरिएको हो।
मेरी आमा बोलको गीतमा गायिका संगीता प्रधान राना र सन्देश पौडेलको स्वर रहेको छ। त्यसै गरी सेतो छडीमा सरिता अधिकारीको स्वर रहेको छ। यी दुवै गीतमा दृष्टिविहीन संगीतकार रमेश सुवेदीले संगीत दिएका छन्। दुवै गीतका बारेमा प्राध्यापक, भाषा समालोचक, महेश पौडेल र महेश कार्कीले समीक्षा गरेका थिए भने रूपा न्यौपाने, ठाकुरप्रताप दुलाल, शर्मिला शर्मा, अष्टमान महर्जन, तारा पौडेल, ठाकुरप्रसाद दुलाल, कौशल पौडेल, अलिन जीसी बुलेट, सम्राट घिमिरे, विशाल केसी, गोविन्द दुलाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम शान्ति पौडेलको सभापतित्व तथा अभिनेता दमन रुपाखेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन दुवै गीतका म्युजिक भिडियो निर्देशक राजकुमार कुँवरले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्