वल्र्डलिंकले कर्णालीमा इन्टरनेट विस्तार गर्ने



काठमाडौं, (नेस)
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्ससँग मिलेर कर्णाली बेसिन संरक्षण फाउन्डेशन (केबीसीएफ)ले डिजिटल कर्णालीका लागि काम गर्ने भएको छ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसर, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र ईको टुरिज्मलाई बढावा दिने क्रियाकलापको लागि काम गरिरहेको छ भने वल्र्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवा विस्तार गर्दैछ ।

वल्र््डलिंक कम्युनिकेशन्सको प्रयासले समाजका विपन्न वर्गलाई इन्टरेटसँग जोडिएका र नजोडिएका बीचको ठुलो भिन्नतालाई कम गर्न मद्दत पुर्याउँछ । अहिलेको कोभिड १९ महामारीको बीच यसले पुष्टि गरी सकेको छ कि विद्यालय, व्यापार लगायत अनलाइनको प्रयोगसँगै इन्टरनेटको महत्व झनै बढेर गएको छ ।

वल्र्डलिंक कम्युनिकेशन्सका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, सामुदायिक समूह र व्यक्तिको लागि इन्टरनेटको पहुँच पु¥याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं । सबैका लागि, जहाँ पनि जतिबेला पनि जोड्ने हाम्रो संस्थाको मूल्य र मान्यतासँग पूर्ण रुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्ण रुपमा सघाउने छौ ।

दुबै पक्षले रोजगारी सिर्जना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् । दुवै केबीसीएफ र वल्र्डलिंकले स्थानीय उत्पादन र दिगो स्थानीय आपूर्तिको चक्रलाई सहयोग र समर्थन गर्न मद्दत गर्नेछ । यो रणनीतिक साझेदारीले केआरबीका व्यक्ति र समुदायहरूलाई डिजिटल रूपमा समर्थन गर्दै र समृद्धिलाई अगाडि बढाउन प्रेरणा दिदै एकसाथ अवसरहरू प्रदान गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्