माछापुच्छ्रे बैंकको साधारण सभा स्थगित



काठमाडौं, (नेस)

माछापुच्छ्रे बैंकले कात्तिक ६ गते बोलाएको वार्षिक साधारण सभा स्थगित गरेको छ । बैंकको शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोरोना भाइरस संक्रमणको त्रास र आसन्न चाडपर्वका कारण सभा स्थगित गर्ने निर्णय गरेको हो ।

बैंकले गत वर्षको नाफाबाट ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्ने चयारी गरेको थियो । सभा प्रयोजनका लागि बैंकले असोज २२ गते बुक क्लोज गरेको छ । असोज २१ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्