नेपाली खेलाडीको दर्ता शुल्क सिनले प्रायोजन गर्ने



काठमाडौं, (नेस)
यँएस वल्र्ड क्लास तेक्वान्दो एसोसिएसनको आयोजनामा हुने २०२० वल्र्ड भर्चुअल तेक्वान्दो महोत्सवमा सहभागी हुने ९ नेपाली खेलाडीको दर्ता शुल्क रिक्की सिनले प्रायोजन गरिदिने भएका छन्।

पान अमेरिकन तेक्वान्दो युनियनका महासचिव सिनले एक खेलाडीको सय अमेरिकन डलरका दरले ९ सय डलर दर्ता शुल्क प्रायोजन गरिदिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष अशोक खड्काले जनाए।

प्रतियोगितामा भिजन तामाङ, प्रगति कुइँकेल, मेलिना राई, आयुष बोहरा, विवेक श्रेष्ठ, प्रसन्न पुडासैनी, अस्मिता नगरकोटी, महेश आङथुप्पा र आयुष ढुंगेलले जुनियरतर्फ नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रतियोगिता अक्टोबर १७ र १८ तारिखमा हुँदै छ।

सिनियरको स्पर्धा अक्टोबर १२ र १३ तरिखमा सम्पन्न भइसकेको छ।

प्रतियोगितामा अध्यक्ष खड्काले निर्णायकको भँमिका निर्वाह गर्दै छन्। सिनियरको प्रतियोगितामा पनि खड्काले निर्णायकको भँमिका निर्वाह गरिसकेका छन्। खड्का पुम्से, ग्योरोगी र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन्।

प्रतिक्रिया दिनुहोस्