रियल मेड्रिडको २ सय ५० मिलियनको प्रस्ताव मेसीद्वारा अस्वीकार



मिलान, (एजेन्सी)
इटालीका पत्रकार जियानलुका डि मार्जियोले आफ्नो नयाँ पुस्तक ग्रेन होटल कालियोमसेटोमा कैयौं आश्चर्य लाग्ने रहस्य खुलाएका छन्। उनले लेखेका छन्–‘२०१३ मा स्पेनको क्लब रियल मेड्रिडले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीलाई २ सय ५० मिलियन युरोको प्रस्ताव राखेको थियो। जसलाई अर्जेन्टिनी स्टारले अस्वीकार गरिदिएका थिए।’

जियानलुकाले भने– ‘यदि, मेसीले उक्त प्रस्ताव स्वीकार गरेको भए उनी क्लबमा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोसँगै खेल्न पाउने थिए।’ रोनाल्डोले २००९ मा रियल मेड्रिडमा आबद्ध भएका हुन्। २०१८ मा रोनाल्डोले स्पेनी क्लब छाडेर इटालीको युभेन्ट्स क्लबमा अनुबन्ध भएका थिए।

उक्त पुस्तकमा उल्लेख भएअनुसार मेसी रियल मेड्रिडका मालिक फ्लोरेन्टिनो पेरेजका लागि ड्रिम साइनिङमध्ये एक खेलाडी थिए। २०१३ मा उनले क्लबका प्रतिनिधिलाई मेसीको बारे पत्ता लगाउन बार्सिलोना पठाएका थिए। जब रियल मेड्रिडका प्रतिनिधिले मेसीलाई यसबारे जानकारी दिएका थिए। तर, मेसीले उनीहरूको प्रस्तावलाई सीधै अस्वीकार गरेका थिए। अझ उनले पँरै कुरा सुन्न पनि मनाही गरेका थिए। मेसीले भनेका थिए– ‘तपाईं आफ्नो समय खेर फालिरहनुभएको छ। म कुनै पनि रकममा रियल मेड्रिडमा जाने छैन।’

चेल्सीको पनि प्रस्ताव
जियानलुकाले आफ्नो पुस्तकमा लेखेका थिए– ‘२०१३ मा इंग्लिस क्लब चेल्सीले पनि मेसीलाई प्रस्ताव राखेको थियो। चेल्सीका तत्कालीन मेनेजर जोजे माउरिन्होले मेसीलाई क्लबमा ल्याउनका लागि मनाएका पनि थिए। तर, चेल्सीका पँर्वखेलाडी डेकोका कारण त्यो सम्झौता रद्द भएको थियो।’

मेसी २००४ देखि बार्सिलोनामा
लियोनल मेसीले बार्सिलोनाका लागि १८ वर्षको उमेरमै १६ अक्टोबर २००४ मा डेब्यँ गरेका थिए। त्यो समयदेखि हालसम्म उनी एउटै क्लब बार्सिलोनाबाट खेल्दै आएका छन्। उनले उक्त क्लबका लागि ४ सय ८८ खेल खेलेर ४ सय ४५ गोल प्रहार गरेका छन्। यसै दौरान उनले टिमका लागि १० ला लिगा र ४ यँएफा च्याम्पियन्स लिगसमेत गरी ३४ उपाधि जिताएका छन्।

तर, यसै वर्ष अगस्टमा मेसीले बार्सिलोना छाड्ने निर्णय लिएका थिए। उनले उक्त निर्णयप्रति अडान लिन सकेनन्। क्लबले ७ सय मिलियन पाउन्डको ट्रान्सफर क्लोज राखेपछि कुनै पनि क्लबले उनलाई आँट गर्न सकेन। यहाँसम्म कि, म्यानचेस्टर सिटीले समेत मेसीलाई उक्त रकम तिरेर अनुबन्ध गर्न नसकेको हो। त्यसपछि, मेसी बाध्य भएर बार्सिलोनाबाटै खेल्ने निर्णय लिएका थिए।

मेसीले ६ पटक बेलोन ‘डि अर’ जिते
लियोनल मेसीले ६ पटक वर्षको सर्वश्रेष्ठ अवार्ड बेलोन ‘डि अर’ अवार्ड जितेका छन्। यो एउटा कीर्तिमानसमेत हो। उनले क्रिस्टियानो रोनाल्डोलाई अवार्ड जित्नेमा पछि पारेका छन्। उनका प्रतिद्वन्द्वी रोनाल्डोले बेलोन ‘डि अर’ अवार्ड ५ पटक जितेका छन्। पछिल्लो १२ वर्षमा मेसी रोनाल्डोले ११ अवार्डमा आधिपत्य जमाए भने वर्ष २०१८ मा क्रोएसिया र रियल मेड्रिडका लुका मोड्रिचले सो उपाधि हासिल गरेका थिए। मेसीले २००९ देखि २०१२ सम्म लगातार चारपटक तथा २०१५ र २०१९ मा सो अवार्ड हात पार्न सफल भएका थिए। त्यस्तै, रोनाल्डोले २००८, २०१३, २०१४, २०१६, २०१७ मा उक्त अवार्ड हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्