केकी र प्रकाश ब्रान्ड एम्बेस्डर



अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले ब्रान्डसँग जोडिँदा कलाकारलाई आर्थिकरूपमा ठूलो सहयोग पुग्ने बताएकी छन्। अहिलेसम्म एक दर्जन बढी ब्रान्डको ब्रान्ड एम्बास्डर भइसकेकी उनले नेपालको बजारअनुसार ब्रान्डमा जोडिएबापत पाउने पारिश्रमिक लोभलाग्दो हुने गरेको खुलाएकी छिन्। तर, मानिसको स्वास्थ्यलाई असर पुग्ने ब्रान्डसँग भने जोडिन नहुने उनले बताएकी छिन्।
शनिबार एक वर्षका लागि अनार चामलको ब्रान्ड एम्बास्डरमा नियुक्त भएकी केकीले चामल मानिसको जीवनमा पहिलो प्राथमिकतामा पर्ने भएकाले राम्रो चामलको प्रयोग गर्न सुझाव दिएकी छन्। अनार चामल प्रयोग गरेपछि ब्रान्ड एम्बास्डरमा नियुक्त भएको खुलाउँदै कार्यक्रममा केकीले भनिन्– ‘फुडमा सही निर्णय लिनुपर्छ। हामीले जीवनलाई अगाडि बढाउने भन्ने फुडले निर्भर गर्छ।’ केकी यो उत्पादनका लागि तेस्रोपटक ब्रान्ड एम्बेस्डर नियुक्त भएकी हुन्। यसपटक केकीसँगै लोकप्रिय गायक तथा फिल्म परदेशी–२ बाट अभिनेताका रूपमा डेब्युु गर्न लागेका प्रकाश सपुत पनि जोडिएका ब्रान्ड एम्बेस्ड भएका छन्। प्रकाश र केकीले केही म्युुजिक भिडियोसँगै फिल्म परदेशी–२ पनि एकसाथ काम गरेका छन्।
अब केकी र प्रकाशले एक वर्षसम्म अनार चामलको विज्ञापनदेखि विभिन्न कार्यक्रममा सहभागिता जनाउनुपर्नेछ। शान्भी इन्टरनेसनल ग्रुपका अध्यक्ष भरत चलाउनेले केकी र प्रकाश जस्ता चर्चित कलाकारको साथले आप्mनो उत्पादनले थप लोकप्रियता पाउने आशा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्