विशाल फर्सीले प्रतियोगिता जित्यो



लसएन्जेल्स, (एजेन्सी)
अमेरिकामा आयोजित फर्सी प्रतियोगितामा २ हजार ३ सय ५० पाउन्ड तौलको विशाल फर्सीले ‘दि टाइगर किङ’ उपाधि हासिल गर्न सफल भएको छ।

यस ऐतिहासिक फर्सी फलाउने मिन्नेसोटा निवासी ट्राभिस गिएन्गरले नर्दन क्यालिफोर्नियामा आयोजित ‘सुपर बाउल अफ पम्पकिन्स’ उपाधि हासिल गर्न पाएकोमा निकै गौरवान्वित भएको सीएनएनलाई बताएका छन्।

फर्सी फलाउने प्रतिस्पर्धा जितेर उनले १६ हजार ४ सय ५० अमेरिकी डलर पुरस्कार जितेका छन्। उनलाई फर्सीको तौलको प्रतिपाउन्ड बराबर ७ डलर दिइएको छ। उनले आफ्नो भाग्यशाली फर्सीलाई नेटफ्लिकस सिरिज ‘टाइगर किंग’ नाम दिएको बताएका छन्।

यस फर्सीले वर्षकै उत्तर अमेरिकाकै सबैभन्दा गह्रौं फर्सीको कीर्तिमान पनि राख्न सफल भएको प्रतियोगिता आयोजक अधिकारीले बताएका छन्।

गिएन्गरले क्यालिफोर्नियाको हाफ मुन वेमा भाग लिन ११ अप्रिलमा रोपेको फर्सी लिएर मिन्नेसोटाको आनोकादेखि ३५ घण्टा लामो ड्राइभ गरेर आएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्