आर्ट इज पावर



अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेसनल नेपालले किशोरकिशोरीलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले आर्ट इज पावर नामक कार्यक्रम आयोजना गरेको छ।
सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २ सय १४ सहित २ सय ५० जना किशोरकिशोरीले भर्चुअल आर्ट वर्कसपमा सहभागी जनाएका छन्।

शब्दमार्फत तयार पारेको रचनालाई कलाकारले भिजिअल आर्ट तयार पारेका थिए। १८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सिर्जना गर्नेबारे प्रशिक्षित गरिएको थियो।

त्यसै गरी ५ जना क्यानभास कलाकारसहित ११ कलाकारले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए। किशोरकिशोरीले तयार पारेको कलालाई आगामी नोभेम्बर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिनेछ।

प्रतिक्रिया दिनुहोस्