७० पत्रकारलाई इन्जाको लेखनवृत्ति



नेपाल समाचारपत्र, काठमाडौं

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जाले कोभिड–१९ बाट प्रभावित ७० जना पत्रकारलाई सहयोगस्वरुप लेखनवृत्ति प्रदान गर्ने भएको छ ।

नेपालमा कार्यरत पत्रकारहरुको श्रीवृद्धिका लागि विभिन्न काम गर्दै आएको इन्जाले कोरोनाको बहानामा जागिरबाट निकालिएका, बेतलबी बिदामा बस्न बाध्य पारिएका, काम गरेर पनि तलब नपाएका, पत्रकारिता क्षेत्रमै रहेका तर हाल कुनै पनि पेसामा नरहेका पत्रकारहरुलाई लेखनवृत्ति प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

इन्जाको वेबसाइड, सामाजिक सञ्जाल र अन्य माध्यममार्फत लेखनवृत्तिका लागि फर्म भर्न गत महिना आह्वान गरिएअनुसार प्राप्त नामावलीबाट इन्जा एसियाको प्रस्तावमा इन्जा ग्लोबल बैठकले स्वीकृति गरेपछि प्रक्रिया अगाडि बढाइएको इन्जाले बताएको हो ।

लेखनवृत्ति प्राप्त गर्न पत्रकारहरुले एक हप्ताभित्र फिचर आर्टिकल तयार गरिसक्नुपर्ने निर्णय गरेको इन्जा एसियाका अध्यक्ष एवं ग्लोबल उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्त बताउनुभयो । उहाँले इन्जाले गो फन्डमार्फत रकम संकलन गरेको परियोजनाको सञ्चालन मानव अधिकार सञ्चार प्रतिष्ठान इह्रिकनसँग सहकार्यमा भएको जानकारी दिनुभयो ।

मुलुकको अहिलेको परिस्थितिलाई मध्यनजर राखी आर्थिक क्षेत्रमा परेको प्रभाव, सामाजिक न्याय, लैंगिक हिंसा, प्रेस स्वतन्त्रतामा परेको असर, स्वास्थ्य, शिक्षालगायतका विषयमा फिचर लेख्नुपर्ने छ ।

फेलोसिप पाउने पत्रकारहरुमा टपेन्द्र कार्की, यदुप्रसाद भट्ट, विमल योगी, पुकार तिमिल्सिना, शारदा गैरे, फणी महत, प्रभा पन्थी, शिवप्रसाद उप्रेती, नकुल अर्याल, खिला कार्की, मधुसूदन भट्टराई, लक्ष्मण पौडेल, महेश दास, गोविन्द महतो, मनोज माझी, दीपक बुढा, मैत्या घर्ती, कमल पौडेल, जगत्मान लामा, इन्द्रसरा खड्का, नरजन तामाङ, मेनुका ढुंगाना, प्रवासकुमार लामा, लोकेश्वरी कुँवर, मिक्सङ तामाङ, रामविकास चौधरीलगायत छन् ।

त्यस्तै अन्य पत्रकारहरुमा अजितकुमार झा, केशव अधिकारी, झविन्द्र अधिकारी, अनिल यादव, प्रकाश वन, दीपक खरेल, डम्बरराज गिरी, मन्दिरा थापा, चिरञ्जीवी मास्के, रीता श्रेष्ठ, वसन्ती आचार्य, अम्बिका खड्का, कमला तिवारी, सिर्जना बुढाथोकी डाँगी, मन्दिरा अधिकारी, कृष्ण अधिकारी, टीएन घिमिरे, केशवराज चन्द, जयराज अवस्थी, प्रनिशा अधिकारी, बलबहादुर महरा, दुर्गाप्रसाद शर्मा, अनिश विष्टलगायत रहेका छन् ।

त्यसै गरी कुमार श्रेष्ठ, रमा पन्थी, सुनिता खनाल, सन्तोष आचार्य, स्मृति ढकाल, राजाराम गौतम, उषा तामाङ, नेहा झा, नरजंग तामाङ, राजु सिंखडा, चुम्मन बस्नेत, रोकेश नेपाली, सुष्मा त्रिखत्री, ईश्वर थापा, सन्तोष पुर्कुटी, भगिरथ भण्डारी, मिलन के राउत, मनीष दुवाडी, सरिता श्रेष्ठ, विन्दु शर्मा र सन्दीप विक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्