भारतको आकासमा बच्चा जन्मियो



नयाँदिल्ली,(एजेन्सी)

भारतमा उडिरहेको विमान भित्रै एकजना महिलाले निर्धारित समय भन्दा पहिले नै एक शिशुलाई जन्म दिएकीछन् । राजधानी दिल्लीबाट बेंगलुरु तर्फ उड्दै गरेको इन्डिगो एयरलायन्सको विमानमा बुधवार राति ति महिलालाई बच्चा पाउन फ्लाइट एटेनडेन्टहरुले सहयोग गरेका थिए ।एउटा विज्ञप्ति जारी गर्दै एयरलाइनले नाम नखुलाइएका ति महिलाले छोरा पाएको पुष्टि गरेको छ ।

यस अभुतपुर्व कार्य सफलताका लागि चालकदल र संयोगवश सो विमानमा सवार अर्का सहयोगी एक वरिष्ट यौन रोग विशेषज्ञको प्रशंसा गरिएको छ । त्यसमा सवार डा. शैलजा भल्लाभाइको सहयोगमा अस्पतालको वाततावरण बनाइएके दुई मिनेटमै ति महिलाले सहज ढंगले बच्चा जन्माएकी थिइन् ।दि न्युज मिनेटका अनुसार गर्भवती भएके अवधि ३२ साता नपुगिसकेकाले ति महिलालाई विमान चढ्न अनुमति दिइएको थियो ।

कोरोना भाइरस संक्रमणबाट जोगिन पर्सनल प्रोटेकिटभ इक्विपमेन्ट ( पीपीइ ) लगाएका चालक दलका सदस्यहरुले नवजात शिशु बोक्दै गरेका तस्वीरहरु सामाजिक संजालम भायरल भएक छन् । तर भारतमा यसरी उडिरहेको विमान भित्र बच्चा जन्मेको यो विश्वकै पहिलो घटना भने होइन । यस ैवर्षकोअगष्टमा अलास्काको आकसमा उडिरहेको विमान भित्र बच्चा जन्माउने एक् महिलाले आफ्नो बच्चाको नामै आकास रोखेकी थिइन् ।

गत महिना मात्र कायरोबाट लन्डन तर्फ उडिरहेको इजिप्ट एयरको एक विमानका यात्रुले बच्चा जन्माउन लागेको देखिएपछि विमानको आपतकालिन अवतरण गरिएको थियो । गभवती मलिालाई समयम ैअस्पताल पु¥याउन पायलटले विमान डाइभर्ट गरेर जर्मनीमा ओरालेका थिए ।

प्रतिक्रिया दिनुहोस्