रुपन्देहीको कञ्चनमा १५ कटृा सार्बजनिक जग्गा व्यक्तिले कब्जा



यमलाल भुसाल,बुटवल ।

रुपन्देहीको कञ्चनगाउपालिका वडा नं. ३ र ४ मा रहेको रुद्धपुर धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको कार्य क्षेत्र र आवादीजग्गाको बिचमा रहेको करिब १५ कठृा सार्बजनिकजग्गाब्यक्तिले अतिक्रमण गरेको रहस्य सार्वजनिकभएको छ ।यस भन्दा अघि सामुदायिक बन उपभोक्ता समूहको नक्साभित्र रहेको जग्गा पछिल्लो पटक उपभोक्ता समूहको कार्ययोजनाबाट लगत कटृा गरिएको उक्त सार्वजनिकजग्गालाई कञ्चन ३ का भिम थापाले टेक्टरले जोतेर अतिक्रमण गरेको स्थानियहरुले आरोप लगाएका छन ।

धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको ब्लक नं.५ अन्तर्गत रहेको उक्त सार्बजनिकजग्गा अतिक्रमण भएपछि स्थानियहरुले सामुदायिक बन उपभोक्ता समूहकाप्रतिनीधिहरुलाई जानकारी गराएको र थप अतिक्रमण हुनबाट जोगाएको स्थानियहरुले बताएका छन ।दिन दहाडै सार्वजनिकजग्गा अतिक्रमण गर्ने हिम्मत कसरी भयो र कसको सल्लाहमा सार्बजनिकजग्गा अतिक्रमण गरिएको हो ?भन्दै नामनखुलाउने शर्तमा प्रल्हादनाम गरेका एक स्थानिय ( नाम परिबर्तित)ले आक्रोस ब्यक्त गरे ।

सामुदायिकबनको क्षेत्रसंग जोडिएको उक्त सार्बजनिकजग्गा अतिक्रमण भएको बारे धमिनाताल सामुदायिक बन उपभोक्ता समूहकाअध्यक्षजितबहादुर क्षेत्रीले उक्तजग्गा बन क्षेत्र भित्रनपर्ने तर सो जग्गा कसैको निजीभोग चलन गरेको नभई सार्बजनिकजग्गाभएको बताउनु भएको छ ।

सामुदायिक बन क्षेत्र र आवादीको बिचमा ३२ फुटको कच्ची बाटो र बाटो र आवादीको बिचमा रहेको करिब १५ कठृा सार्वजनिकजग्गालाई सो जग्गासगं जेडिएको जग्गाआवादीगर्दै आएका भिम थापालाई अतिक्रमण गरेको बारे सामुदायिक बन उपभोक्ता समूहले स्पष्टीकरण लिएको अध्यक्ष क्षेत्रीले जानकारी दिनु भएको छ । उक्त सामुदायिक बन उपभोक्ताको बन क्षेत्रको ब्लक नं. ५ मा पश्चिम क्षेत्रकै चर्चित मन्दिर सुपा देउरालीको मन्दिर प्रतिस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्