कोरोना आतंक, मनोविज्ञान र नियन्त्रण



भोज बहादुर शाह ।

मेरी छोरी डा. विज्ञा शाह पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठानको साईक्याटीक विभागमा विशेषज्ञ चिकित्सकको रुपमा कार्यरत छिन। कोभिड -१९ को सुरुवाती दिनहरुताका उनी र भारतस्थित एम्श मेडिकल कलेजमा कार्यरत मनोचिकित्सक डा.अन्नया महापात्र लगायत एघारजना चिकित्सकहरु मिलेर कोभिड-१९ र यसको प्रभावका विषयमा एऊटा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्दै थिए। उक्त शोधकार्यका लागि अङ्ग्रेजी भाषामा तयार पारिएका प्रस्नावलीहरु नेपालीमा भावानुबाद गर्ने जिम्मेवारी छोरीले मलाई सुम्पियकी थिइन् ।

त्यस दिनदेखि विगत केहिदिन सम्म अधिकांस नेपाली संचार माध्यमहरुमा प्रशारित समाचारहरु सरकार कोरोना रोकथामकालागी असफल भएको, पी सी आर परिक्षण निकै सिमित र धिमा गतिमा गरिएको , आशातीतरुपमा कन्ट्याक्ट् टेसिङ हुन नसकेको, नेपाली नागरिक सिमानामा भोकै अलपत्र परेको, सरकारले उद्धारकालागी तदारुकता देखाउन नसकेको यस्तै यस्तै प्रकारका हुन्थे।

त्यतिमात्र कहाँ होर, कोरोना संक्रमित विरामिको हेरचाह गर्न नहुने,संक्रमणबाट मृत्यु भएकाको सतगत गर्न एम्बुलेन्स चालक र लास उठाउने मान्छेको अभावका समाचार आइरहेका हुन्थे।

कतिपय अबस्थामा स्थानीयहरुले लास सत्गत गर्न नदिएर प्रहरीले हस्तक्षेप गरी सतगत गरेका तस्बिर र समाचारहरुले टेलिभिजनमा महत्वपुर्ण स्थान पाएका हुन्थे।

उपयुक्त मेडिकल किटस् तथा पी पी ई को अभाव र केन्द्रिय स्वस्थयोगशाला टेकुमा रहेको एऊटा मात्र पी सी आर मेसिनबाट कोरोनाको रोकथाम तथा निय न्त्रणको सुरुवात गरेको सरकारले वर्तमान अवस्थामा आइपुग्दा आफ्नो साधन र स्रोतको ब्यबस्थापनमा गरेको प्रबन्ध प्रति असन्तुष्टि मात्रै पोखिरहनु पर्ने स्थिती देखिदैन।

छिमेकी देश भारतमा कोरोनाको संक्रमणको गति विस्वमै उच्च रहेको अबस्थामा हाम्रा स्वस्थ्य निकायहरु र गृह मन्त्रालयले सिमानाकाबाट थप संक्रमण फैलिन नदिनकालागी रोकथामका उपायहरूको अवलम्बन कडाईकासाथ गर्न सम्बन्धित निकायहरूलाई दिरहेकै होलान् ।स्थानीय सरकारहरुले त्यस्को अनुगमन तथा निरीक्षण र रोकथाम गर्न सिमा नाका सुरक्षा निकायहरुसङ समन्वय गरेकै हुनु पर्दछ।

यस्तो सम्बेदनशिल समयमा कोरोना सन्क्रमितहरुको दैनिकी कसरी बितिरहेको छ होलारुसन्क्रमित भैसकेपछिको दैनिकी र अपनाउनु पर्ने सचेतनाको विषयमा जनकारी नहुदां वा समुदायबाट एक्लिइन्छ भन्ने डरमा सन्क्रमित भएको कुरा लुकाउदा संक्रमणले समुदायमा कसरी महामारीको रुप लिदैंछ र त्यसबाट निर्दोष मान्छेहरु कसरी जोखिममा पर्दैछन भन्ने विषयमा चर्चा गर्न चाहन्छु।

कोरोना संक्रमित वा आशकां गरिएका प्रतिको लाच्छना, चिन्ता तथा उदासिनताको अध्ययन नामक अनुसन्धानमा नेपाल तर्फकी प्रमुख अनुसन्धानकर्ता मेरी छोरी डा।विज्ञा शाहले मलाई जिम्मा लगाएको प्रस्नावलीहरुको नेपाली भावानुबादको प्रसङ्ग :

१. कोभिड-१९ वाट सन्क्रमित वा शंका गरिएका विरामीहरु आफुलाइ सन्क्रमित नभएको देखाउन अस्वाभाविक गतिविधि गर्न सक्छन् ।

२. म आफु सन्क्रमित नभएकाहरुबाट तिरस्कृत हुँला भन्ने डरले ऊनीहरुको सम्पर्कमा जाँदिन वा गएँ भने म संक्रमित नभएको बाहना गर्दछु।

३. संक्रमण नभएकाहरुको बिचमा म आफुलाइ एक्लो महशुस गर्दछु।

माथिका भनाइहरु केही उदाहरणको रुपमा प्रस्नावलिहरुको चाङ्बाट प्रतिनिधि प्रस्नहरुको रुपमा छनौट गरिएको हो।सन्क्रमित र समुदायको मनोविज्ञान बुझ्न एक सत्य घटनाको विषयमा चर्चा गर्ने अनुमती चाहन्छु।

मेरी ७९ बर्षिय सासू मुमा काठमाणडौमा बस्नु हुन्छ।उहाँ सकारात्मक सोच र खुशी जिवनको प्रतिमुर्ति नै हुनुहुन्छ भन्दा अतिशयोक्ति नहोला।दैनिक जिवनमा आइपर्ने रोगब्याधी, दु:ख तथा विपदलाइ उहाँ सरलढङबाट ग्रहण गर्नुहुन्छ। झण्डै दुई वर्ष अगाडि ग्रान्डीअस्पतालमा उहाँको ब्रेस्ट क्यान्सरको अपरेसन भएको थियो। अपरेसन भएको३ दिन पछाडि उहाँ हिडडुल गर्न थाल्नु भयो।उहाँमा विद्ममान प्रतिरोधात्मक क्षमता र मनोबलको डाक्टरहरूले खुलेर प्रसम्शा गरे।त्यो उहाँले सामना गरेको पाचौं अपरेसन थियो।हाल उहाँ चिनी रोगका साथै उच्च रक्तचापबाट पनि सन्क्रमित हुनुहुन्छ । उहाँ अहिले कोरोनाको संक्रमणबाट मुक्त हुनु भएको छ।

ऊहाँमा कोरोनाको संक्रमण कसरी भयोरु यो कुरा माथी उल्लेख गरिएको अनुसन्धान र कोरोना सन्क्रमितको मनोविज्ञान र ब्यवहारसंग मेल खान्छ।बोल्न जति सहज छ, मान्छेको मनोविज्ञान बदल्न त्यतिकै कठिन पनि छ।

लगभग एक महिना अगाडिको घटना हो, मेरो एक जना अभिन्न मित्रले ३/४ बजेतिर टेलीफोन गरेर मलाई सोध्नु भयोूसासु आमाको घरमा डेरा गरेर बस्ने बहिनी जो नेपाल सरकारको कुनै कार्यालयको कर्मचारी हुनुहुन्छ आजभोली संगै बस्नु हुन्छ कि हुन्दैन ? मैले उहाँको आसय बुझ्ने वितिकै बस्नु हुन्छ भनेर जवाफ फर्काएँ।

उहाँले ऊनमा कोरोना संक्रमण भएको जानकारी गराऊनु भयो । मैले तत्काल सोका बारेमा मेरी श्रीमतीलाई सुचित गरें। ऊनी अलि आत्तिएकी जस्तो देखिइन , मैले उनलाई केही सहज हुन सहयोग गरें। संक्रमणको जानकारी प्राप्त भएको ठिक ६दिन अगाडि मेरी श्रीमती र छोरी सासू मुमालाई सरप्रराज दिन तीजको दर खानेदिन उहाँको घर सामाखुशी पुगेका थिए ।

उनीहरु फर्किने समयमा (लगभग) ७:०बजेतिर स्थानीय महिलाहरु मुमालाइ तीज गीत र नाचगानका लागि लिन आयका थिए ।भोलि पल्ट थाहा भयो उहाँ नाचगान गरी राती ११: ०बजे मात्र घर फर्किनु भए छ।त्यो अन्तरालमा उहाँ र सहयोगी बहिनीको अन्य जतीजनासंग सम्पर्क भयो।सबैजना संक्रमणको घेराभित्र पर्ने सम्भावना रहन गयो।त्यति मात्र नभयर सहयोगी परिचारीका बहिनी छिमेकीका अन्य २/३ घरमा पनि काम गर्थिन सबैजना सन्क्रमित हुन सक्ने संंभावना देखियो।

नेपाल सरकारको कुनै संघिय मन्त्रालयमा काम गर्ने ती बहिनीलाई फोन गरेर कोरोना संक्रमण भएको विषय थाहा भए नभएको विषय जानकारी गराऊदा सुरुमा अकमकिय पनि उनले स्वीकार गरिन।ऊनकोअनयत्र जाने ठाँउ नभएकोलेआफनै कोठामा बसन दिन अनुरोध गरिन तर उनी सामान्य नागरिक सरह हिडडुल गरिरहेको अवगत भएपछी , सबभन्दा पहिले उनलाई संझायर आफनो कोठामा कडाईकासाथ आइसोलेसनमा बस्न अनुरोध गरयौ।

तत्पस्च्यात सबभन्दा बढी ख्याल ७९ बर्सिय सासु मुमाको गर्नु पर्ने भयको हुंदा उहाँको कोरोना परिक्षणको लागि छोरी डा. विज्ञासँग परामर्श गर्दा कोरोना सन्क्रमितको पहिचान खुलाई वडा कार्यालयबाट शिफरिस गराउदा निसुल्क परिक्षण गराउन सकिन्छ भन्ने जानकारी पाए संगै सन्क्रमित बहिनी संग अनुरोध गर्दा उनले आफु संक्रमित भएको भनेर वडा कार्यालयमा गयर भन्न सहज नमानेको हुँदा नेपाल सरकारबाट मान्यता प्राप्त नीजी प्रयोगशालाबाट परिक्षण गराऊने निधो गरी कुमारी टोल सुधार समितिका अध्यक्ष श्री कृष्ण श्रेष्ठलाई जानकारी गराऔं। टोलमा चर्चा सुरु भैसकेको कुरा उहाले जानकारी गराउनु भयो।

साथै सहयोगी परिचारीका बहिनीको पनि परिक्षण गराई दिन टोलका बासिन्दाले ऊहाँलाई दबाव दिएकोकुरा समेतअवगत गराऊनु भयो। सहयोगी बहिनीको टोलका धेरैसगं बस उठ भयकोले उनको परिक्षण नकारात्मक आइदिए धेरैलाई मानसिक रुपमा राहत हुने थियो।आज भन्दा ठिक ३१ दिन अगाडी शुक्रवारका दिन सासू मुमाको परिक्षण गर्दा कोरोनाको संक्रमण पुस्ठी भयो। त्यसको अर्को दिन शनिबार सहयोगी बहिनीको पनि परिक्षण गर्दा उनको पनि संक्रमण पुस्ठी भयो।

त्यो सुचना टोलसुधार समितिका अध्यक्ष कृष्णजीलाई जानकारी गराएपछी समुदाय अलिबढि नकारात्मक बनेको,हामीले समयमा सहि सुचना प्रवाह नगेरेको आदि चर्चा चलेछ।हामीले टोलका अर्का सदस्य पसल सचांलक कर्नजीसगंपनि कुरा गर्यो।हामीले पनि ती डेराबाल बहिनी बाट उनी सन्क्रमित भयको सहि सुचना ६ दिन ढिला पायौ त्यसकारणले पनिउनीहरुसगंकोभौतिक दुरी तथा भेटघाटलाई नियन्त्रण गर्न सकिएन । अब त्यही कुरामा अल्झनु भन्दा पनि टेरसिङमा पर्ने सबैको परिक्षण गराउने प्रबन्ध गर्नु नै उत्तम विकल्प भएकोले त्यो बाटो अख्तियार गर्न राम्रो हुने कुरा कृष्ण जीलाई सुझायौ । उहाँ अत्यन्त सहज र समझदार भयकोले त्यही अनुसार अगाडि बढने कुरा भयो।

तर त्यही दिन टोलका महिला अभियन्ताहरुले कोरोना प्रवाभित क्षेत्र को ब्यानर टाँग्ने, करोना सन्क्रमित भयर पनि ढाँटने डेरावाल बहिनीलाई कोठाबाट निकाल्ने आदि चर्चा पनि गरेछन् । त्यो सबै कुरा थाहा पाएर पनि हुन सक्छ वा आफैलाइ पनि महशुस भएर होला उनी शनिबारकै दिन मेरो साशुमुमा र कृष्णजीलाइ भनेर कोरोनासन्क्रमित सरकारी आइसोलेशनमा भर्ना हुन गैछन। संभवतस् ऊनमा यो चेत पहिले आईदिएको भए त्यो घर र समुदाय कोरोनाको कहर र आतंकबाट बचाउन सकिन्थियो होला ?

कोरोना संक्रमण पछिको सामाजिक लान्छना र अपहेलना तथा ब्यवहारको डरले ऊनमा जुन गलत मनोविज्ञानको विकास भयो।त्यो पक्ष् वास्तवमा जनस्वास्थ्यविद तथा मनोविदहरुले अनुसन्धान तथा बिश्लेशण गरी त्यस्को समाधानका साथ कोरोनाको नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन जरुरी देखिन्छ।

म स्वयम् पनि साशुमुमाको सम्पर्कमा आयको हुँदा मैले पनि उहाँ संगै परिक्षण गराएँ। म मा संक्रमणको कुनै लक्ष्यण नदेखिएको हुँदा नतिजा मेरालागि सकारात्मक तर परिक्षणको नतिजा नकारात्मक आयो जुन मेरो परिवारको लागि खुशीको कुरा थियो। नतिजा सकारात्मक नभयको भए हामी दुबैजना क्वारेन्टाइनमा बस्नु पर्ने हुन्थ्यो।

साशुमुमामा कोरोना संक्रमणको पुस्ठी भएको क्षण र ऊहाँलाई सामाखुशी घरमा पुराऊदाको अबस्था निकै संवेदनशिल घडी को रुपमा हामीले महशुस गरयौ।

कारण जगजाहेर नै थियो उहाँको ढल्कदो उमेर एवमं चिनी तथा उच्च रक्तचाप सम्बन्धी दिर्घ रोगी र संचार माध्यमहरुमा भैरहेको अतिशयोक्तिपुर्न प्रचार- प्रसार।प्रयोगशालामा कोरोनाको परिक्षण पस्च्यात मुमालाई रातोपूलस्थित हाम्रो घरमा ल्याएका थियौ।

मुमालाइ कोरोना पुष्ठि भएको कुरा मेरो छोरी डा.विज्ञा र ज्वाइँ डा. विलोक लाई जानकारी गराई आमन्त्रण पनि गरयौ। उहाँहरु दुबैजना आइसकेपछि मन अलि शान्त पनि भयो। मुमाको आइसोलेशनका लागि सामाखुसि उहाँको घरमा नै उपयुक्त हुने ठानी ऊतै लैजाने निर्णय गर्यौ।किनभने त्यहाँ अर्कि सहयोगी बहिनी पनि भयको र उनमा पनि संक्रमण भएको लगभग निस्चित जस्तै थियो ।

मुमामा देखियको सबै लक्ष्यण उनमा पनि देखियको र कुमारी टोलका बासिन्दाहरुको आसय पनि ती बहिनीको परिक्षण छिटो माध्यमबाट गराइदिनु पर्यो भन्ने नै थियो।उनको पनि परिक्षण अर्को दिन गराउने ब्यबस्था मिलायौ। छोरी ज्वाइँ दुबैले मुमालाई राम्रोगरी सम्झाउनु भयो। साथै सहयोगी बहिनीलाई पनि मुमाको रेख्देख र अक्सिजन कसरी नाप्ने, कुनकुन औषधि कुन समयमा खुवाउने आदि। तर मुमामा चिन्ताको कुनै रेखा अनुहारमा थियन। उनीहरु सुरक्षाको लागि पी.पी. इ लगाई मुमालाई लैजान आफ्नो मोटर लिन गए ।जाने बेलामा छोरीले हामीलाई भनिन् मुमालाइ एक्लै नछोडिसेला १ कम्तिमा पनि ६फिटकोभौतिक दुरी कायम गरी डबल मास्क लगायर मात्र मुमाको सम्पर्कमा रहनु । ऊहाँले प्रयोग गरेका कुनै पनि सामान नछुने।

मेरी श्रीमती परिक्षणको रेपोर्ट न आइपुग्दै दिनभरि जसो मुमाको रेखदेखमै थिइन्।तर कति नजिकबाट उनले सम्पर्क गरिन।त्यसो गर्दा मास्क पुरै नाक र मुख छोप्नेगरी लगाइकी थिइन वा थिइनन् उनैले नै जान्ने कुरा भयो।यो ब्यक्तिको कोरोनाको संक्रमणबाट कसरी वच्न सकिन्छ भन्ने सचेतना र बुझाइको विषय पनि भयो। छोरी र ज्वाइँ लगभग २० मिनेट पछि आइपुग्नु भयो। ऊनीहरु मुमाको सामानहरु प्याकिङ गर्ने तर्फ लागे।

मेरी श्रीमती मुमालाई एकछिन पनि छोड्ने मनस्थितिमा थिइनन् । मिडियामा आएका अतिसयुक्तिपुण समाचार र प्रचारको प्रभावले उनको दिमागमा अलिकती घर गरेको थियो।

जबमुमालाई बिदाई गर्ने समय आयो। ऊनी ऊहाँलाई अगांलोमा बेर्न चाहन्थिन तर कोरोनाको महामारीको लक्षण र सरुवारोगका कारण सकिरहेकी थिइनन् । गला अबरुद्ध पार्दै उनले मुमालाइ सम्झाइन।

एकछिन अगाडी हासी खुसी गुर्दौलिको फुल जस्तो प्रफुल्ल मुमाको अनुहार केही मुर्झाएको जस्तो देखिन्थ्यो।उहाँलाई भर्र्याङ् हुँदै गाडीसम्म पुर्यायर फर्कियपछी उनी हिक्का छोडेर रोइन।

मेरो परिक्षणको रेपोट नेगेटिभ आएको हुँदा मैले मौखिक रुपमा मात्र ढाढस दिइरहेको थिए तर सान्त्वना स्वरुप उनलाई अगालोमा हाल्न सकिरहेको थिइन ।

बिडम्बना हाम्रो सामाजिक सम्बन्ध र आत्मियताको भौतिक दुरी बनेर आयो कोरोना। त्यसको झन्डै ७ दिनजती हामी दुबैजना सेल्फ आइसोलेशनमा रह्यौ।

उनको कोरोना परिक्षणको रेपोर्ट नेगेटिभ आएपछी मात्र हाम्रो एकान्तबास सकियो।हामीले मुमा संग दिनको ३ पटक मेसेनजरमा कुराकानी गर्ने र विहान ५:०बजे देखि बेलुका सुत्नु अगाडि सम्मको दैनिक कार्यतालिका बनाएका थियौ । मुमाकी सहयोगी बहिनी लाई पनि संक्रमण भएको हुँदा उहाँलाई दिन विताउन सहज भएको छ।

त्यसबिचमा टोलका ५१ जनाको कोरोना परिक्षण भएको र एकजनाको मात्र रेपोर्ट नेगेटिभ आएको हुँदा हामीलाई पनि ठुलो राहत मिलेको छ।

तर यही बिचमा घटित एउटा घटनाले समुदायका बासिन्दाहरुको चेतनाको स्तर र जनस्वास्थ्य विभाग र नागरिक अभियन्ता, क्लब तथा स्थानीय निकायको भुमिकाको अहम् महत्वलाई उजागर गरेको छ। टोलका ५१ जनाको परिक्षण गराउन सासुमुमा र सहयोगी बहिनी को पनि पुनः परिक्षण हुँदा उहाँहरु संक्रमणबाट मुक्त हुनुभयो कि भन्ने थाहा हुन्छ भनेर हामीले कृष्णजी र अर्का हाम्रा आफन्तलाई भनेका थियौ तर स्थानियहरु उहाँहरुलाई घरबाट परिक्षण स्थलसम्म लियरजान सहमत हुन नसक्दा वडाबाट गरिएको परिक्षणमा सहभागीहुन पाउनु भयन। परिक्षणमा समलग्न प्राबिधिकहरुले पनि पहल गर्न सकेनन् वा गरेनन् ।

त्यसको सातदिन पछाडी हामी आफैले पुनस् परिक्षण गराउदा सहयोगी बहिनीको रिपोर्ट नेगेटिभ आयो तर सासुमुमामा चाहिँ अझै संक्रमण बाकी देखियो।यो विषय हाम्रा लागी नौलो र अत्यार लाग्दो थियो।

मुमाको स्वस्थ्य स्थिती निरन्तर मोनिटरिङ गरिरहेको हुँदा डराउनु पर्ने अवस्था भने थिएन ।पहिले परिक्षण गरेको २८औ दिनमा पुनस् परिक्षण गर्दा मुमा संक्रमण मुक्त हुनुभयो। उहाँको उमेर र लामो समय देखीको डाइबेटीक र उच्च रक्तचापबाट ग्रसित पनि भएको हुँदा टोलवासी र हाम्रालागि खुसीको विषय थियो।

प्राप्त शिक्षा :

१. सामाजिक लान्छना र मनोबैज्ञानिक डरका कारण ले संक्रमीत ब्यक्तिहरुले आफु समाजबाट परित्यक्त भइएला भन्ने सोचेर कस्तो सम्म ब्याबहार र आचरण गर्न सक्दा रहेछन् भन्ने ज्वलन्त उदाहरण हामीले माथी उल्लेखित घटनाबाट पाठ सिकेका छौ।

२. जनस्वास्थ्य बिभाग , कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र , सामाजिक अभियन्ता, खेलाडी ,नाम चलेका कलाकार ,धार्मिक गुरुहरु,राजनैतिक ब्यक्तित्वहरु आदिको सहभागितामा जनचेतना फैलाउने काम तदारुकताकासाथ अगाडि बढाइनु पर्दछ।

३. सन्चारका माध्यमहरुसटेलिभिजन,दैनिक छापा ,रेडियो ,अनलाइनबाट समाचारलाई सनसनीपुर्ण बनाउन गरिने नकारात्मक टीका टिप्पणी तथा प्रशारण लाई सकारात्मक दिशा दिन संक्रमणबाट मुक्तहरुको सख्या र समाचार पहिले प्राथमिकताकासाथ प्रशारण गर्ने र उनीहरुले संक्रमणबाट मुक्त हुन अपनाएका उपायहरू, दैनिक कार्यतालिका, खानपानको दैनिकी आदिका विषयमा जानकारी गराउदै मनोबल उच्च बनाउने सामाग्रीहरुको प्रशारण गर्ने।

४. रातदिन नभनिकन आफनो जिउज्यानको प्रवाह नगरी संक्रमण फैलिन नदिन रोकथाम, नियन्त्रण र उपचारका लागि कार्य क्षेत्रमा खटिने चिकित्सक, नर्स, अन्य प्यारामेडिक्स, सुरक्षाकर्मी तथा कर्मचारीहरु,सामाजिक संघ-संस्थाहरु आदिको मनोबल उच्च बनाउन नागरिक र राज्यस्तरबाट विशेष समारोहको आयोजना गरी सम्मान तथा सुशोभन समारोहको आयोजना गरी उनीहरूको परिवारलाई समेत सुशोभित गर्ने।

५. प्रतिरोधात्मक क्षमता बढाउने नेपाली भान्साका खाना र पौराणिककालदेखी प्रचलनमा रहेका मर्मसला र आयुर्वेदिक औषधि र प्राकृतिक चिकित्सा, योग र साधाना तथा प्राणायमको बिधालाई प्राथमिकता दिएर अध्ययन र अनुसन्धानलाई तदारुकताकासाथ अगाडि बढाई यसको प्रयोग र प्रबर्द्धन गर्दै सस्थागत गर्नुअनिवार्य देखियको छ भने अनुसन्धानबाट प्राप्त उपलब्धिलाई सार्बजनिकिकरण र अन्तर्राष्ट्रियकरण गर्न समेत कृयाशिल हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्