वरिष्ठ शास्त्रीय संगीतकर्मी इन्दिरा श्रेष्ठको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली शास्त्रीय संगीत क्षेत्रको उत्थानमा लामो समयदेखि अतुलनीय योगदान पुर्याउँदै आउनुभएकी इन्दिरा श्रेष्ठको मंगलवार बिहान निधन भएको छ ।

कलानिधि इन्दिरा संगीत महाविधालयका संरक्षक एंव अध्यक्ष इन्दिरा श्रेष्ठको ८१ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि दम, मुटु तथा अल्जाइमर रोगका कारण बिरामी पर्दे आउनुभएको थियो ।

नेपाल महिला संगठनको केन्द्रीय सभापति समेत रहेकी उनले शास्त्रीय सङ्गीतमा एम्। म्युज। (मास्टर अफ म्युजिक) गरेकी थिईन् । वि।सं २०४६ सालदेखि शास्त्रीय संगीत क्षेत्रमा अनवरत लागेकी उनले संगीत प्रवर्द्धनका लागि निजी घर समेत चन्दा दिएकी थिईन ।

नेपालकै पहिलो शास्त्रीय संगीत महाविधालयका रुपमा परिचित कलानिधि इन्दिरा संगीत महाविधालयका संरक्षक र अध्यक्ष समेत रहेका उनी शास्त्रीय गायन, पुस्तक लेखन तथा समाजसेवामा पनि समर्पित हुनुहुन्थ्यो । विभिन्न मानपदवी र सम्मान पाइसक्नु भएकी उनले शास्त्रीय संगीत विधासम्बद्ध अनेकन पुरस्कारहरूको पनि स्थापना गर्नुभएको थियो ।

मंगलवारै पशुपति आर्यघाटमा अन्त्योष्टि गरिएका उनलाई श्रद्धाञ्जली दिन कला क्षेत्रका विभिन्न श्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो । उनका एक छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्