कर्णालीमा नेपाल पक्ष अविश्वास प्रस्तावबाट ‘ब्याक’, सचेतकमा शाही नियुक्त



दिपेन्द्र शर्मा, सुर्खेत ।

मुख्यमन्त्री शाहीविरुद्ध आइतवार कर्णाली प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्ताववाट नेता नेपाल पक्षका सांसदहरु ब्याक भएकाछन ।

प्रचण्ड पक्ष र नेपाल पक्षविच मन्त्रीपरिषद पुर्नगठन गर्ने सहमति भएपछि नेपाल समुहले आफनो अविश्वासको प्रस्ताव फिर्ता लिने भएकाहुन । कर्णालीमा माधवकुमार नेपाल पक्ष अविश्वास प्रस्तावबाट ब्याक हुने भएपछि मुख्यमन्त्री शाहीले नेपाल समुहका कालिकोट वाट निर्वाचित सांसद शाहीलाई नियुक्त गरेका हुन । अव नेपाल समुहले थप ३ जना मन्त्री पाउने सहमती भएको छलफलमा सहभागी एक नेताले वताए । यस अघि नेपाल समुहका प्रकाश ज्वाला मन्त्री भएका छन ।

हस्ताक्षर गर्ने १८ जना सांसदहरुमा बरिष्ठ नेता माधव नेपाल समूहका सात जना प्रदेश सदस्यले पनि अविश्वासको प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । ओली पक्षका पुर्वमन्त्री तथा नेकपा प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एव नेकपा कर्णाली प्रदेश संसदिय दलका नेता महेन्द्रवहादुर शाहीले दलको सचेतक कुर्मराज  शाहीलाई नियुक्त गरेका छन ।

मुख्यमन्त्री शाहीले सचेतक सिता नेपालीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएपछि आज शाहीलाई सचेतक नियुक्त गरेका छन । नेता नेपाल समुहका सांसद कुर्मराज शाहीलाई नियुक्त गरिएपछि मुख्यमन्त्री शाहीलाई नेता नेपाल समुहको सहयोग हुने भएको छ ।आइतवार सत्तापक्षकै सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपा कर्णलीमा विवाद चुलिएको थियो ।शाहीले नियुक्त गरेको प्रमुख सचेतक नेपालीले कात्तिक ७गते विहान ११ वजे वैठक वोलाएकी छन ।

प्रतिक्रिया दिनुहोस्