चिनियाँ वैज्ञानिक कोरोना भाइरसको तस्वीर लिन सफल



बेइजिङ, (एजेन्सी)
चीनका वैज्ञानिकले विश्वमै पहिलोपटक घातक महामारीको रूपमा फैलिएको कोरोना भाइरसको तस्बिर लिएका छन्। उक्त तस्बिरबाट कोरोना भाइरसलाई लिएर कैयौं महत्वपूर्ण तथ्य बाहिर आएको बताइएको छ।
कोरोना भाइरसको आकार एकातिर तिखो देखिन्छ।

तस्बिरको अध्ययनले यसको मानव कोषसँगको अन्तक्र्रियाको पनि खुलासा भएको छ। कोरोना भाइरसको तस्बिर आएपछि वैज्ञानिकलाई अब यो महामारी अन्त्य पार्न ठूलो मद्दत मिलेको बताइएको छ।

कोरोना भाइरसको तस्बिर खिच्न सफल भएपछि वैज्ञानिकमा कोरोना भाइरसको उपचार खोज्न सकिनेमा आशा जागेको छ। चीनको सिगुआ युनिभर्सिटीका बायोलोजिस्ट डाक्टर साई ली हाङझोउको एक बायासेफ्टी ल्याबमा भाइरस विशेषज्ञसँग मिलेर काम भइरहेको छ।

यी विशेषज्ञ प्रयोगशालाभित्र कोरोना भाइरस तयार गरिरहेका छन्। यी विशेषज्ञले भाइरसलाई केमिकलभित्र सुरक्षित राखेका छन्। त्यसपछि उनले भाइरसले भरिएको तरल पदार्थ डाक्टर ‘ली’लाई पठाइदिए।

ली र उनको टालीले भाइरसले भरेको तरल पदार्थलाई एक थोपा समेटे, त्यसलगत्तै त्यसलाई छिटो जम्न दिए। ली र उनको टालीले क्र्यो इलेक्ट्रोनिक माइक्रोस्कोपबाट त्यसलाई अवलोकन गरे। न्युयोर्क टाइम्ससँगको कुराकानीमा लीले भने– ‘मैले एक स्क्रिन हेरेँ जुन कोरोना भाइरसले पूरै भरिएको थियो।

यो एक इन्चको १० लाख हिस्सा सूक्ष्म थियो। मलाई लाग्छ म विश्वको पहिलो त्यस्तो व्यक्ति हुँ, जसले भाइरसलाई यति नजिकबाट देखेको छु।’

लीको यी तस्बिरबाट वैज्ञानिकलाई कसरी भाइरसका केही प्रोटिन मानवको कोषिकामा कसरी प्रवेश गर्छ भन्ने थाहा भएको छ।
उक्त तस्बिरबाट वैज्ञानिकमा कसरी दूषित वंशाणु मानवको बायोकेमिस्ट्रीमाथि नियन्त्रण गर्छ भन्नेबारे पनि जानकारी भएको छ।

शोधकर्तालाई केही भाइरल प्रोटिन हाम्रो सेलुलर फ्याक्ट्रीलाई ध्वस्त पारिरहेको हुन्छ र अन्य भाइरल प्रोटिन नयाँ भाइरस बनाउनका लागि नर्सरी तयार गर्छ भन्ने थाहा भएको छ।

केही शोधकर्ता सुपर कम्प्युटरको प्रयोगबाट भर्चुअल भाइरस तयार गर्नमा लागेका छन्। उनीहरूले कसरी अत्यन्त तीव्र गतिमा सक्कली भाइरस फैलिन्छ, पत्ता लगाउन सकिनेमा आशावादी छन्।

प्रतिक्रिया दिनुहोस्