चीनको एउटा सिंगो शहरकै कोरोना परिक्षण



बेइजिंग,(एजेन्सी)

चीनको क्विन्गदाओ शहरले पाँच दिन भित्र त्यहाँ रहेका नब्बे लाख वासिन्दाको काोभिड १९ परिक्षण गराउने भएको छ । विदेशबाट फर्केका करिव एक दर्जन मानिस कोरोना भाइरस संक्रमणको उपचार गराउनन अस्पतालमा भर्ना भएपछि चीन सरकारले आम परिक्षण कार्यक्रम अघि सार्न लागेको हो । गत मे महिनामा कोरोना भाइरसको शुरुवात भएको हुवेइ प्रान्तको एक करोड दस लाख जनसंखया भएको उहान शहर यस महामारीको केन्द«विन्दु नै बनेको थियो ।

चीनले कोरोना भाइरस महामारीलाई करिव करिव नियन्त्रणमा ल्याउन सफल भएको थियो । जबकी अहिले पनि विशवका अन्य मुलुकहरुमा संक्रमणको दर बढने क्रम र लकडाउन जारी नै रहेको पाइन्छ । चिनिया सामाजिक संजाल वेइवोमा राखिएको विज्ञप्तिमा क्विन्गादाओ महानगर स्वास्थ आयोगले छ जना नयाँ संक्रमित र तथा अन्य छ जना लक्षण देखिनसकेका संक्रमित फेला परेको जनाइएको छ ।

चिनिया सरकारी मुखपत्र दि ग्लोबल टाइमससले सम्पूर्ण संक्रमित घटनाको एउटै अस्पतालसंग मात्र सरोकार रहेको जनाएके छ । आयोगले पाँचवटा जिल्लामा कोरोना परिक्षण कार्यक्तम शुरु भइसकेको र पााचदिन भित्र शहरभरिको परिक्षण कार्य सकिने पनि जानकारी दिएको छ । साथै आयोगले यस परिक्षणको दौरान करिव एक लाख चौंध हजार आठ सय ६२ जनामा भाइरस नेगेटिभ देखिएको जनाएको छ ।

चीनको गोल्डेन विक होलिडे सकिएके एक साता पछि यसरी नयाँ संक्रमित देखिएका हुन् । ग्लोबल टाइमसले उक्त अवधिभित्र ४४ लाख ७० हजार जनाले सो शहरमा आवतजावत गरेको पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्