बालबालिका विरुद्ध हुने हिंसा नियन्त्रणमा प्रहरीको विशेष कार्यक्रम,संघ संस्थाहरुबीच सहकार्य बढाउन जरुरी



यमलाल भुसाल,बुटवल ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले कोरोना कोभिड १९ को माहामारीको समयमा समाजमा बालबालिका विरुद्ध हुनेघटनालाई न्यूनिकरण गर्न विशेष कार्यक्रम संचालन गरेको जनाएको छ । बालबालिका विरुद्ध विभिन्न किसिमका घटनाहरु हुने र हिंसामा पर्ने, विपदमा परि अकालमा मृत्यु हुने जस्ता घटनालाई न्यूनिकरण गर्नेको लागि प्रहरी विशेष कार्यक्रम ल्याई अभियानका रुपमा संचालन गरेको लुम्बिनी प्रदेश प्रहरीकार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक राजकुमार वैदवारले बताउनु भयो ।

प्रहरी कार्यालयमा बालबालिकाको हिंसाका उजुरी सुन्ने हेल्प डेस्क, हिंसामा परेकालाई तत्काल उद्दार, उपचार, काउन्सिलिङ र कानूनी प्रकृया गर्ने जस्ता कार्यहरुको साथै बालबालिका माथि हुने हिंसा नियन्त्रण गर्नको लागि टोल टोलमा प्रहरी गस्तीबाट जानकारी गराउने कार्य समेत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसै सिलसिलामा लुम्बिनी प्रदेश मातहत रहेका १२ जिल्लामा बालबालिकाको क्षेत्रमा कार्य गरिरहेका संघ सस्थाहरुसंग टेलिफोनबाट अन्तरकृया गरी समस्या, सुझाव ,बालबालिकालाई अझबढी संरक्षण कसरी गर्ने र अपराध न्यूनिकरण गर्न सहकार्य गरि अगाढी बढनेसवालमाअन्तरकृया सम्पन्न भएको छ ।

उक्त अन्तरकृयामा प्रहरीले हाल बालबालिकासंग सम्बन्धित अपराधको अनुसन्धान तथा पीडितहरुलाई गरिने व्यवहार प्रति प्रहरी संवेदनशील भएको तर बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु विच सहकार्य बढाउन जरुरी रहेको उनिहरुले औल्याएका थिए ।

लुम्बिनी प्रदेश प्रहरीले नवलपरासीको (ब.सु. पश्चिम)सानाहात नेपाल,रुपन्देहीमा माईती नेपाल, कपिलवस्तुमा मधेश मानव अधिकार गृह,दाङमा अल्पकालिन बाल संरक्षण गृह, बाँकेमा म.बा.बा.तथा जेष्ठ नागरिक शाखा, बर्दियामा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,पाल्पामा सेफ हाउस पाल्पा,गुल्मीमा मानव अधिकार सचेना मञ्च,अर्घाखाँचीमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा,प्यूठान मा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, ,रोल्पामा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र रुकुम (पूर्व)जिल्लामा बाल अधिकार समितिसंग कार्यक्रम गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्