संगीतमा मेसो पा छैन



गायक रमण रेग्मीको मेसो पा छैन बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। संगीतकार हरि लम्सालको रचना, संगीत र एरेन्ज रहेको गीतको म्युजिक भिडियो गम्भीर विष्टले निर्देशन गरेका छन्।
गीतमा गायक रमण रेग्मी र मेलिना राईको स्वर रहेको छ। सविना कँुवर रेग्मीद्वारा निर्माण गरिएको भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले मोडलिङ गरेका छन्।
सानै उमेरदेखि गीत–संगीत क्षेत्रमा रमाउँदै आएका गायक रेग्मीको हुन्छ नि वंैशमा मुटु साटौं लाग्ने, घर त लगनखेल जस्ता गीतले चर्चा पाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्