विश्व खाद्य कार्यक्रमलाई नोबेल शान्ति पुरस्कार



 

ओस्लो, (एजेन्सी)
दशकौंदेखि विभिन्न कारणबाट उत्पन्न हुने खाद्यान्न संकटबाट प्रभावितसमक्ष सुरक्षित खाद्य सामग्री पु¥याउन कार्य गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)लाई यस वर्षको नोबेल शान्ति पुरस्कार २०२० प्रदान गर्ने घोषणा गरिएको छ। यो विश्व संगठनले सन् १९६१ देखि नै विश्वभरि भोकविरुद्धको लडाइ“ लडिरहेको छ।
राष्ट्रसंघअन्तर्गतको यो संस्थाले खाद्य सुरक्षाका माध्यमबाट देशहरूको आवादीलाई आधारभूत बल प्रदान गर्न सुनिश्चित गर्दै आइरहेको छ।
नोबेल शान्ति पुरस्कारबाहेक अन्य सबै विधामा पुरस्कार विजेताको घोषणा स्वीडेनको राजधानी स्टकहोमबाट हुन्छ। नोबेल शान्ति पुरस्कार विजेताको नाम मात्र नर्वेको राजधानी ओस्लोबाट हुने गर्छ। शुक्रबार ओस्लोमा नोबेल समितिका अध्यक्ष बेरिट रेइस एन्डरसनले पुरस्कार विजेताको घोषणा गरेका हुन्।
नोबेल पुरस्कारमा पनि विशेष प्रतिष्ठित यो शान्ति पुरस्कारको दौडमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र वातावरण अभियन्ता गे्रटा थन बर्गलगायत तीन सय बढी नाम समावेश थियो। नोबेल पुरस्कार समितिले पुरस्कारको घोषणा गर्दै विश्व स्वास्थ्य कार्यक्रमले भोकविरुद्ध जसरी ठूलो युद्ध लडिरहेको छ, त्यसका लागि यो संस्था हकदार भएको बताएको थियो। समितिले संघर्षबाट प्रभावित क्ष्ँेत्रमा शान्ति तथा युद्धको हतियारका रूपमा भोकको उपयोग रोक्न गरिएका प्रयासका लागि डब्ल्यूएफपीको सराहना गरेको छ।
विश्व स्वास्थ्य कार्यक्रम विश्वको सबैभन्दा ठूलो मानवीय संगठन हो जसले भोकविरुद्ध युद्ध लडिरहेको छ र खाद्य सुरक्षालाई प्रोत्साहन गर्छ। सन् २०१९ मा डब्ल्यूएफपीले ८८ देशमा करिब १० करोड नागरिकलाई सहायता प्रदान गरेको थियो।
विश्व खाद्य कार्यक्रम भोकमरी हटाउन तथा खाद्य सुरक्षामा केन्द्रित संयुक्त राष्ट्र संघीय एजेन्सी हो। विश्वभरि आपत्कालीन स्थितिमा खाद्यान्न संकटको स्थिति भोगिरहेकासम्म खाद्य सामग्री पु¥याउने कार्यको रेखदेख गर्छ। विशेषगरी गृहयुद्ध तथा प्राकृतिक विपत्तिको अवस्थामा यो संस्थाको भूमिका महŒवपूर्ण हुने गरेको छ। यस विश्व संस्थाले विकासशील देशमा खाद्यान्न सहायता दिनुको सट्टा त्यहा“को सरकारलाई कृषि प्रविधि सहायता तथा क्षमता निर्माण सेवाहरू प्रदान गर्दै आइरहेको छ।
विश्व खाद्य कार्यक्रमले देशको भोजनमा आधारित सामाजिक सुरक्षा कवचलाई लक्षित जनसंख्यासम्म खाद्यान्न सहज र कुशलतापूर्वक तथा प्रभावकारी ढंगले पु¥याउनेतर्फ ध्यान दिइरहेको छ।
गत वर्ष इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रतिष्ठित नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। उनलाई शान्ति प्रयास विशेषगरी छिमेकी देश इरिट्रियास“गको सीमा विवाद हल गर्नमा निर्णायक भूमिका निर्वाह गरेकोमा उक्त पुरस्कार दिइएको थियो। उनलाई इथियोपियाका नेल्सन मन्डेला पनि भन्ने गरिन्छ। अबी अहमद सन् २०१८ अप्रिलमा इथियोपियाका प्रधानमन्त्री बनेका थिए। उनले त्यतिबेलै इरिट्रियास“गको शान्ति वार्ता बहाल गर्ने स्पष्ट पारेका थिए। उनले इरिट्रियाका राष्ट्रपति इसैयस अफवर्कीस“ग मिलेर तत्काल यस दिशामा पहल शुरू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्