स्वीयाटेकले फ्रेन्च ओपनमा इतिहास रचिन्



पेरिस, (एजेन्सी)
पोल्यान्डकी युवा खेलाडी इगा स्वीयाटेकले फ्रेन्च ओपन टेनिस प्रतियोगितामा इतिहास रचेकी छन्।
१९ वर्षीया स्वीयाटेकले महिला सिंगल्स फाइनलमा अमेरिकाकी सोफिया केनिनलाई हराएर इतिहास कोरेकी हुन्। यो जितसँगै उनी ग्रान्डस्लाम सिंगल्स उपाधि जित्ने पोल्यान्डकी पहिलो खेलाडी बनेकी छन्। यसअघि कोही पनि पोलिस खेलाडी ग्रान्डस्लाम सिंगल्सतर्फ क्वार्टरफाइनलसम्म पुगेका थिएनन्।

स्वीयाटेकले पहिलो सेटमा ३–० को अग्रता लिइन्। तर, अस्टे«लियन ओपन विजेता केनिनले खेलमा फर्कंदै ३–३ बराबरीमा पु¥याइन्। स्वीयाटेकले आठौं गेममा केनिनको सर्भिस तोडेर खेलमा फेरि अग्रता बनाइन्। त्यसपछि उनले आफ्नो सर्भिस बचाएर पहिलो सेट ६–४ ले आफ्नो पक्षमा पारिन्। केनिनले यसअघिका चरणमा पुनरामगन गर्दै जित हात पारेकी हुन्। तर, स्वीयाटेकविरुद्ध भने उनको केही चलेन।

स्वीयाटेकले दोस्रो सेटमा बायाँ तिघ्राको चोट व्यहोरेकी केनिनमाथि निकै दबाब बनाइन्। उनले चौथो गेममा केनिनको सर्भिस बे्रेक गरेर ३–१ को अग्रता लिइन्। त्यसपछि आफ्नो सर्भिस बचाएर उनी ४–१ को अग्रतामा पुगिन् र पहिलो ग्रान्डस्लाम फाइनल नै ऐतिहासिक बनाउन अग्रसरमा लम्किइन्। अर्को सर्भिस पनि तोडेपछि स्वीयाटेकका लागि पहिलो ग्रान्डस्लाम उपाधि जित्न कुनै कठिन भएन। विश्व वरीयतामा ५४औं स्थानमा रहेकी उनले सो सेट ६–१ ले जितिन्। यो नतिजासँगै केनिनको यस वर्ष दोस्रो ग्रान्डस्लाम जित्ने सपना समाप्त भयो।

नाडाल र जोेकोभिच फाइनलमा भिड्ने
पुरुष सिंगल्स फाइनलमा शीर्ष वरीयताका नोभाक जोकोभिचको सामना १२ पटकको पे्रmन्च ओपन विजेता राफाल नाडालसँग हुनेछ। सो खेल आज हुँदै छ। सेमिफाइनलमा सर्बियाली खेलाडी जोकोभिचले ग्रीसका स्टेफानोस टिसिटसीपासलाई पाँच सेटमा पराजित गरेका थिए। त्यस्तै, स्पेनका नाडालले अर्जेन्टिनी खेलाडी डिएगो स्वार्जम्यानलाई सीधा सेटमा हराएका थिए।

पुरुष सिंगल्समा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने सूचीमा स्वीट्रजरल्यान्डका रोजर फेडेरर अघि छन्। उनले २० ग्रान्डस्लाम उपाधि जितेर कीर्तिमान राखेका हुन्। तर, नाडाल फेडेररको कीर्तिमान बराबरी गर्न निकट छन्। उनले १९ ग्रान्डस्लाम उपाधि जितेका छन्। त्यस्तै, सो सूचीको तेस्रो स्थानमा रहेका जोकोभिचले १७ ग्रान्डस्लाम जितिसकेका छन्।

जोकोभिच र नाडालबीचको करियरमा ५६ पटक आमनेसामने भएका छन्। ग्रान्डस्लाम फाइनलमा भने उनीहरूले ९ पटक एक अर्कासँग खेलेका छन्। जोकोभिच यस वर्ष लगातार ३७ खेलमा अपराजित रहे। गत महिना सम्पन्न यूएस ओपनको चौथो चरणबाट उनी जजलाई बल प्रहार गरेका कारण बाहिरिएका थिए।

प्रतिक्रिया दिनुहोस्