घरेलु मदिरा बनाउने १९ भट्टी नष्ट



न्युज अफ नेपाल, हेटौंडा ।

प्रहरीले अवैध घरेलु मदिरा र भट्टी नष्ट गरेको छ । शनिबार विहान करिब ११ बजे बाराको गञ्जभवानीपुर, डुमरबाना, सिम्रौनगढ, मधुवन, पिपरपातीलगायत स्थानमा पुगेको प्रहरीले घरेलु मदिरा र भट्टी नष्ट गरेको हो ।

लुकाइछिपाइ अवैध घरेलु मदिरा उत्पादन भइरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रनि रुद्रराज क“डेलको कमाण्डमा मातहत एकाईंसमेतबाट प्रहरी टोली खटिएको थियो ।

टोलीले अवैध घरेलु मदिरा उत्पादन गर्ने १९ वटा अवैध भट्टीबाट कच्चापदार्थ १२ हजार लिटर, तयारी मदिरा ८ सय लिटरसहित मदिरा उत्पादनमा प्रयोग भएका सामानसमेत नष्ट गरी ३ थान मेसिन बरामद गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्