कोरोना संक्रमण फैलिनुको कारण ह्वाइट हाउस भेला : डा. फसी



वासिंगटन,(एजेन्सी)

अमेरिकाका वरिष्ठ भाइरस विशेषज्ञ डा.एन्थोनी फसीले गत महिना राष्ट्रपति भवन व्हाइट हाउसमा आयोजना गरिएको भेटघाट कार्यक्रमको आलोजना गरेका छन् । सो घटनालाई कोभिड १९ फैलिनुसंग जोडेर हेरिएको छ । व्हाइट हाउसको कोरोना भाइरस कार्यदलका सदस्य समेत रहेका फसीले राष्ट्रपति ट्रम्पको आफ्नो न्यायिक उम्मेदवार घोषणा गर्न आयोजित जमघट नै कोरोना संक्रमण तिव्र हुनुका प्रमुख कारण भएको दावी गरेका छन् ।

त्यसपछि व्हाइट हाउसका दर्जनैं कर्मचारी लगायत अन्य थुप्रै कोरोना संक्रमणको शिकार भएका थिए । राष्ट्रपति ट्रम्पको उपचारमा खटेका चिकित्सकहरुले उनलाई आफु पूर्ण रुपमा कोभिड १९ बाट निको भइसकेकपछि मात्र सार्वजनिक कार्यक्रहरु आयोजना गर्न सल्लाह दिएक छन् ।

तीन रात सैनिक अस्पताल बसाईपछि सोमवार डिस्चार्ज भएका ट्रम्पलाई शुक्रवार साँझ फक्स न्युजले एक अन्तर्वार्ताको क्रममा उले अनुभव गरेका लक्षणहरुबारे सोधेको थियो । जवाफमा उनले आफुले कमजार महशुस गरेको तर आफुलाई श्वास फेर्न कुनै कठिनाइ नभएको बताएका थिए ।

कोरोना भाइरस पुन परिक्ष्ण गरिएकोबारे सोधिएको प्रश्नको जवाफमा भने उनले आफुमा यसको प्रभाब निकै कम भएको वा मुक्त भएके हुनुपर्ने बताएका छन् । तर उनले परिक्षण नेगेटिभ आएको भने जानकारी दिएको थिएन । ट्रम्पले शनिवार व्हाइट हाउसमा व्यक्तिगत भेटघाट गर्ने सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्